आवश्यकताका आधारमा पात्र छनोट भए स्वास्थ्य सेवा सुधार हुन्छ « Khabarhub

आवश्यकताका आधारमा पात्र छनोट भए स्वास्थ्य सेवा सुधार हुन्छ

विश्व बजारले चिकित्सा सेवा प्रभावकारी बनाउन समस्या



चिकित्सा क्षेत्रमा हामी कहाँ छौं भन्ने कुरा महत्वपूर्ण हो। यो विषयमा महत्त्वपूर्ण धारणा सार्वजनिक भइसकेका छन्। चिकित्सा क्षेत्रमा ‘रिफर’ शब्द अत्यन्त प्रयोग भएको शब्द हो। हामीले चिकित्सा क्षेत्रमा आउँदै गर्दा, पहिला पढ्दै गर्दा, सरहरूले काम गरेको देख्दा र अहिले आफैले काम गर्दैगर्दा यो अत्यन्त बढी प्रयोग हुने शब्दमा पर्छ। यसलाई हामीले सुधार गर्नु पर्दछ।

चिकित्सा विधामा हामीले यसमाथि काम गर्नुपर्ने देखिन्छ। मन्त्रालयको प्रतिनिधिको आधारमा भन्नुपर्दा आवश्यकता र औचित्यताको आधारमा पाठ्यक्रम निर्माण गर्नुपर्ने र सोही अनुसार पढाइ हुनुपर्ने देखिन्छ।

सेवा लिने ठाउँमा र सेवा दिने ठाउँमा सेवाग्राहीलाई म सिकारुसँग सेवा लिइरहेको छु है भन्ने मानसिकता भन्दा फरक ढंगले काम हुनुपर्छ। सेवाग्राहीलाई दिने सेवामा कुनै पनि प्रकारको सम्झौता हुनु हुँदैन। पहिला यो कुरालाई सुधार गर्नुपर्ने आवश्यकता छ।

सिकारुहरूले सिक्दै गरे पनि दिनुपर्ने सेवामा सम्झौता हुनु हुँदैन। आउट पुटको हिसाबले प्रोडक्ट आइसकेपछि यस्तो भयो भनेर कसैले पन्छिन मिल्दैन। हामीले हिजो चिकित्सा विज्ञानमा अध्ययन गर्नका लागि सिमए, एचए, एमबीबीएस पढ्दा होस् वा नर्सिङ पढ्दा होस् विद्यालयमा राम्रो पढ्ने विद्यार्थी जान्थ्यो।

चिकित्सा क्षेत्रको पढाइमा प्रवेश गर्ने विद्यार्थी विद्यालयतहका अब्बल मानिन्थे। यो क्षेत्र अथवा विषय राम्रा र अब्बल विद्यार्थीले पढ्ने हो भन्ने समाजको बुझाइ थियो। हाम्रो विधामा छनोट हुने प्रणाली नै समुदाय वा विद्यालयको शिक्षाले निर्धारण गरेको थियो। यो क्षेत्रमा त्यसै अनुसार गएका र म सेवा गर्छु है भनेर आएका विद्यार्थीको बाहुल्य हुन्थ्यो। त्यसो हुँदा एउटा अब्बल व्यक्ति यो क्षेत्रका लागि छानिन्थ्यो।

हाम्रा मेडिकल शिक्षाका लागि छनोट गर्ने संस्थाको त्यही प्रकारको मापदण्ड थियो। ज्ञान र सीप दुवै अब्बल भएका विद्यार्थी छनोट हुन्थे। तर अहिले सामाजिकीकरण र विश्वव्यापीकरणका कारणले ती अब्बल खालका विद्यार्थी लिन हामीलाई समस्या एक सिसिमको छ। लिइसकेको विद्यार्थीलाई रोक्न अर्को किसिमको समस्या छ।

विश्वव्यापीकरणसँगै विश्व बजारमा जानेक्रम बढेर गएको हामीले देखेका छौँ। पहिला छनोटमा समस्या, छनोटपछि दक्ष जनशक्ति उत्पादनमा समस्या र उत्पादन भइसकेपछि त्यसलाई यो ठाउँमा सेवा प्रवाह गर्न समस्या देखिन्छ। यसको समाधान खोज्नुपर्ने आवश्यकता छ।

समग्र चिकित्सा शिक्षाको कुरा गर्दा आवश्यकता र औपचारिकताका आधारमा सही पात्र छानेर हामीले सही तरिकाले चिकित्सा शिक्षा प्रदान गर्न सक्यौँ भने अहिलेका समस्या समाधान गर्न सक्छौँ भन्ने लाग्छ। (खबरहबले आयोजना गरेको ‘चिकित्सा शिक्षाको चुनौती र नेपालको स्वास्थ्य प्रणाली’ विषयक कार्यक्रममा डा. समिरकुमार अधिकारीले राखेको धारणाको सम्पादित अंशः)

प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ७ : ४६ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग