‘धार्मिक पर्यटन प्रवर्द्धन गर्न महायज्ञ महत्वपूर्ण’  « Khabarhub

‘धार्मिक पर्यटन प्रवर्द्धन गर्न महायज्ञ महत्वपूर्ण’ 


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लुम्बिनी तथा यस आसपास आउने धार्मिक पर्यटकलाई लक्षित गरी भैरहवा नजिकै शक्तिपीठ स्थापनाको काम अघि बढाइएको छ । नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको पहलमा जगद्गुरुपीठ निर्माणका लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ आज सम्पन्न भएको छ । 

ओमसतिया गाउँपालिका-४ वसन्तपुरमा रहेको नवदुर्गा मन्दिरलाई बालसन्त मोहनशरण देवाचार्यले चौँथो शक्तिपिठका रुपमा स्थापना गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक विष्णु रायमाझीले बताए । 

सुनसरीको चतराधाममा विसं २०५९ मा महाकुम्भ मेला प्रारम्भ गरी धार्मिक, सांस्कृतिक र वेदका आधारमा विश्व माझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल महाराजले यहाँ जगदगुरु दक्षिणपीठको स्थापना गर्न लागेको उनको भनाइ छ । 

पूर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगद्गुरुपीठ, दोस्रो शारदापीठ महाकाली, तेस्रो निलाद्रीपीठ मुक्तिनाथ क्षेत्र जोमसोम स्थापना भइसकेको र चौँथो भैरहवापीठ स्थापना हुनेछ । यो पीठ जगदगुरुको अन्तिम पीठ हुने रायमाझीले बताए । महायज्ञमा रेडियो नेपालका पूर्व निर्देशक एवं धार्मिक कार्यक्रमका ख्याति प्राप्त विद्वान आचार्य पुरुषोत्तम सापकोटा र कथा प्रवचन एवं भागवताचार्य कथा व्यास डा. यादवशरण गड्तौलाका मुखारविन्दबाट पाठ-पारायण भइरहेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । 

पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, लुम्बिनीलगायत नेपालका धार्मिकस्थल दर्शन गर्न आउने भारतीय भक्तजनलाई निःशुल्क आवास र खानाको सुविधासहित भैरहवापीठ सञ्चालनको लक्ष्य राखिएको छ ।

चार पीठको स्थापनासँगै जगद्गुरुका विभिन्न स्थान, चतराधाम, जगद्गुरु आश्रम शङ्खमूल र शारदापीठमा जगद्गुरुकुलम् सञ्चालनमा छन् । जहाँ नेपाली धर्म, संस्कृति र परम्पराको ज्ञान दिनुका साथै नेपाली मन मस्तिष्कमा धार्मिक भावना, सांस्कृतिक चेतना, कर्तव्यबोध, नैतिकता, सौन्दर्यबोध, शीलस्वभाव र सदाचारको शिक्षा ज्ञान जगदगुरुकुलमा प्रदान गरिने गरेको छ । 

महायज्ञको पूर्ण आहुति कार्यक्रममा उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले धार्मिक कार्यक्रमले धार्मिक पर्यटनमा वृद्धि गर्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। 

‘नेपालको ऐतिहासिक र एक मात्र जगदगुरुको पीठ निर्माण हुनुले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनलाई महत्वपूर्ण योगदान पुर्‍याउने छ ।’ उनले यसले धर्म, संस्कृति र परम्पराको रक्षा गर्ने काम सँगसँगै यहाँको पर्यटनमा पनि सहयोग पुर्‍याउने हुनाले मैले व्यक्तिगत तरिका र सरकारको तर्फबाट सहयोग गर्ने बताए। 

उप-प्रधानमन्त्री लिङ्देनले नेपालमा गुरु पण्डित पनि हिन्दु धर्मको पक्षमा खुलेर बोल्ने डराएको अवस्थामा पनि आफू अडिग भएर हिन्दूधर्मको पक्षमा लागेको बताए। उनले यस्ता हिन्दूत्वसम्बन्धी कार्यक्रम तथा धार्मिक कार्यक्रमले आफूलाई आनन्द दिने गरेको बताए। सत्संगमा सहभागी हुन पाउँदा अन्यको तुलनामा आफूलाई बढी आनन्द हुने गरेको उनको भनाइ छ । कार्यक्रमका मुख्यवाचक बालसन्त मोहनशरण देवाचार्य महाराजले संसद्बाट नै हिन्दूधर्मको पक्षमा बोल्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  २ : ३६ बजे

पोखराको विजयपुर खोला किनारमा तरबुजाखेती, मनग्य आम्दानी

गण्डकी– पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा

विश्वकप लिग-२ : टस हारेर स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार हुने

दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन

हेटौँडा– आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२–०८३

विश्वकप लिग-२ : विकेट र रनको शीर्ष स्थानमा सन्दीप र दीपेन्द्र

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ मा नेपालका लागि सन्दीप लामिछानेले

कोरलानाकामा थप ‘बीटीएस’ सञ्चार उपकरण जडान

मुस्ताङ– मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बीटीएस टावरका