टाइगर कप : महिलातर्फको उपाधिका लागि एपिएफ र आर्मी भिड्ने « Khabarhub

टाइगर कप : महिलातर्फको उपाधिका लागि एपिएफ र आर्मी भिड्ने


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । पोखरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले फाइनलमा स्थान पक्का बनाएको हो । २५–१३, २५–१७ र २५–२१ ले गण्डकी एपिएफसामु स्तब्ध बनेको थियो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा होङ्गान्जी न्यू डायमण्ड युथ स्पोट्र्स क्लबलाई ३–१ ले हराउँदै त्रिभुवन आर्मी क्लबले फाइनलको यात्रा तय गरेको हो । पहिलो सेट २३–२५ ले गुमाएको आर्मी २५–१३, २५–२२ र २५–१२ ले विजयी हुँदै फाइनलमा पुगेको हो । तृतीय स्थानका लागि गण्डकी प्रदेश र होङ्गान्जी न्यू डायमण्ड युथ स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । आइतबारदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत पुरुषतर्फका सेमिफाइनल खेल शुक्रबार हुनेछन् ।

पहिलो खेल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । दोस्रो खेलमा फाइनलका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता छ । महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, एपिएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता छ । पुरुषतर्फ श्रीलङ्काको एसटी जोसेफ वाज स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र गण्डकी प्रदेशले सहभागिता जनाएको छ ।

टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित उक्त प्रतियोगिताको महिला र पुरुष दुवैतर्फ उपाधि विजेतालाई रु पाँच–पाँच लाख, उपविजेतालाई समान रु दुई लाख ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितमा तेस्रो हुनेलाई नगद रु एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई रु ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिनेछ । महिला र पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीलाई जनही रु २५ हजार र विधागतरूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु १० हजार र ट्रफीसहित सम्मान गरिनेछ । महिला र पुरुष दुवैतर्फको फाइनल खेल शनिबार हुने आयोजक संस्थाका सचिव डिबी नेपालीले जानकारी दिनुभयो । गत वर्ष भएको दोस्रो संस्करणको उक्त प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपिएफले जितेको थियो ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ९ : ३६ बजे

प्रतिनिधिसभा : आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सडक मार्गलाई सुरक्षित बनाउनुपर्नेदेखि रातो

सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको आदेश

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम आएका रिट निवेदन

भरतपुरका सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार हटाइँदै

चितवन– भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित

जङ्गली भ्याकुर खाँदा एकको मृत्यु

बलेवा–  निगुरो टिप्न जङ्गल गएकाहरूले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा

विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डद्वारा नेपालसामू १९५ रनको लक्ष्य

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी शृंखलामा नेपालले आज