जेलेन्स्कीद्वारा रुसमाथि थप प्रतिबन्धको माग « Khabarhub

जेलेन्स्कीद्वारा रुसमाथि थप प्रतिबन्धको माग


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्नेमा जोड दिँदै उनले थप प्रतिबन्धको माग गरेका हुन् । देशका पूर्वी र दक्षिणी शहरहरूमा रुसले शनिबार दर्जनौँ आक्रमण गरेपछि जेलेन्स्कीले रुसमाथि थप पश्चिमा प्रतिबन्धको आवश्यकता औँल्याएका हुन् ।

शनिबार रुसले २७ वटा हवाई आक्रमण तथा रकेट लन्चरबाट ७५ पटक प्रहार गरेको जनाउँदै युक्रेनी सेनाले पूर्वी डोनेट्स्क प्रान्तमा पाँच जना गैरसैनिक घाइते भएका बताएको छ । सेनाका अनुसार औद्योगिक पूर्वी क्षेत्र र उत्तरपूर्वमा रुसी आक्रमण केन्द्रित थिए ।

देशमा युद्ध चर्किरहेका बेला राष्ट्रपति जेलेन्स्कीले यस युद्धमा रुस पराजित हुनुपर्ने बताउँदै आएका छन् । उनले रुसी सेनालाई परास्त गर्न सकिने उल्लेख गर्दै थप प्रतिबन्धमा जोड दिएका छन् । उनको अनुरोधसँगै संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले मस्कोलाई दण्डित गर्न प्रतिबन्धका नयाँ उपायहरू घोषणा गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले रुसको आणविक निगम रोसाटोम र रूसी आणविक उद्योगविरुद्ध निर्णायक कदम चालिनुपर्ने तथा सैन्य र बैंकिङ दबाब बढाउनुपर्ने बताउँदै आएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रोसाटोम र रक्षा मन्त्रालयले आवश्यक परेम आणविक हतियार परीक्षण पुनः सुरु गर्न तयार रहेको अभिव्यक्ति दिएपछि उनले कठोर प्रतिबन्धको माग गरेका हुन् ।

अमेरिकाले आणविक हतियार विकास गरिरहेको र शीतयुद्धको अन्त्यपछि लागू भएको विश्वव्यापी परीक्षण प्रतिबन्धअन्तर्गत प्रतिबन्धित आणविक परीक्षण गर्ने योजनामा अमेरिका रहेको राष्ट्रपति पुटिनले आरोप लगाएका छन् । “यदि अमेरिकाले परीक्षण गर्छ भने, हामी पनि गर्नेछौं,” उनले भनेका छन् ।

विश्वको आधाभन्दा बढी अर्थतन्त्रलाई प्रतिनिधित्व गर्ने ३० भन्दा बढी देशले रुसमाथि प्रतिबन्ध लगाएका छन् तर रुसी अर्थतन्त्र, व्यापार र कलकारखानामा अपेक्षाकृत ठूलो झट्का लागिसकेको छैन । अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभले पछिल्लो अमेरिकी प्रतिबन्धलाई विवेकहीनको संज्ञा दिएका छन् । उनले आफ्नो देश आर्थिक र राजनीतिक दबाबमा बाँच्न अभ्यस्त भएको उल्लेखख गर्दै विगतका प्रतिबन्धबाट विश्व बजारलाई धेरै हदसम्म हानी भएको बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ३ : १० बजे

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकका

उपत्यकामा वायु प्रदूषण बढ्दै, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह

काठमाडौं– पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा वायु प्रदूषण

‘एक मुठी बादल’ जेठ १ मा प्रदर्शन हुने

काठमाडौं – नायिका आँचल शर्मा शीर्ष भूमिकामा रहेको फिल्म ‘एक

सियोल–वासिङ्टन सैन्य अभ्यासप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल– उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर– उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा वृद्धि भएको छ