सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बन्द इजलासमा जारी | Khabarhub Khabarhub

सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बन्द इजलासमा जारी


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बन्द इजलासमा जारी छ ।

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारले दिएको निवेदन तथा लामिछानेले विदेश जान पाउनुपर्ने भन्दै दिएको निवेदनमाथिको सुनुवाइ सर्वोच्च अदालतको बन्द इजलासमा भइरहेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा दुबै रिट निवेदनको सुनुवाइ भइरहेको छ । इजलासले सुरुमा नै उक्त रिट निवेदन बन्द इजलासमा गर्न आदेश दिएको र सोहीअनुसार बन्द इजलासमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको छ ।

बलात्कार तथा लैंगिक हिंसालगायत मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न सकिने कानूनी व्यवस्था छ । बन्द इजलासमा दुबै पक्षका वकिलको मात्रै उपस्थिति छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ३ : ३४ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।