पाकिस्तानमा बम विष्फोट : चारको मृत्यु, दश जना घाइते « Khabarhub

पाकिस्तानमा बम विष्फोट : चारको मृत्यु, दश जना घाइते


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

एजेन्सी :  पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बर्खान जिल्लाको व्यस्त रुक्नी बजारमा विस्फोट भएको हो । स्थानीय प्रतक्षदर्शीका अनुसार मोटरसाइकलमा राखिएको विष्फोटक पदार्थलाई रिमोट कन्ट्रोल डिभाइसले विष्फोट गराइएको थियो ।

घटनास्थलमा प्रहरी, सुरक्षाकर्मी र उद्धार टोली पुगेपछि मृतक र घाइतेलाई नजिकैको अस्पतालमा लगिएको छ । उक्त क्षेत्रलाई प्रहरीले घेराबन्दी गरेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पतालका अधिकारीहरूले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

यसअघि शनिबार साँझ बलुचिस्तानको खुजदार जिल्लामा अज्ञात आतङ्ककारीले सडक छेउमा रहेको बम प्रहार गर्दा दुई प्रहरीको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : २९ बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास