गुराँसले बिस्तारै रङ्गिँदै वनपाखा | Khabarhub Khabarhub

गुराँसले बिस्तारै रङ्गिँदै वनपाखा


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वसन्त ऋतुको आगमनसँगै पहाडी जिल्लाका वनपाखाहरू गुराँसले रङ्गीन थालेका छन् । गुराँस पाइने ताप्लेजुङसहितका पूर्वी पहाडी जिल्लाहरूमा गुराँस फुल्न सुरु भएसँगै यहाँका वनपाखाहरू रङ्गीन थालेका हुन् । यहाँका वनपाखामा कतै फक्रनै लागेका कोपिला त कतै फक्रिएर ढकमक्क भएको गुराँस देख्न थालिएको छ । ताप्लेजुङको सुकेटार, देउराली, पाथीभरालगायतका ठाउँमा गुराँस फुल्न थालेको छ ।

ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाको सङ्गमस्थल अर्थात् गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रमा सामान्यतया फुल्न सुरु भएको छ । विगतका वर्षहरूको तुलनामा यो वर्ष यस क्षेत्रमा केही ढिला गरी गुराँस फुल्न थालेको स्थानीयवासी चन्द्र कार्कीले बताए। मौसमी परिवर्तनका कारण पनि यो वर्ष ढिलो गरी गुराँस फुल्न सुरु भएको हुन सक्ने उनको बुझाइ छ ।

तापक्रम वा आर्द्रताको स्तरमा हुने परिवर्तनले पनि फुल्ने समय कहिले अघि र कहिले पछि हुने गर्छ । लामो समयसम्म पानी नपरेर मौसम सुक्खा हुँदा पनि गुराँस ढिलो फुल्ने गरेको पाइएको पाथीभरा क्षेत्रका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए । विशेषगरी माघदेखि नै फुल्न सुरु हुने गुराँस चैत, वैशाखमा भने पूर्णतया फक्रिसक्छ । गुराँस एक हजार पाँच सय मिटरदेखि तीन हजार छ सय मिटरको उचाइसम्म पाइन्छ ।

प्रायः भिरालो जमिनमा हुने यसको बोट होचो र झ्याम्म परेको हुन्छ । रातो, गुलाबी र सेतो रङहरूमा फुल्ने गुराँसका विभिन्न प्रजातिमध्ये नेपालमा ३२ प्रजातिका गुराँस पाइने गरेको बताइन्छ । नेपालको राष्ट्रिय फूलका रूपमा रहेको लाली गुराँस धार्मिक र सांस्कृतिकरूपमा पनि महत्त्वपूर्ण मानिन्छ । विद्याकी देवी सरस्वतीसँग सम्बन्धित मानिने फूललाई विभिन्न धार्मिक समारोह तथा चाडपर्वमा प्रयोग गर्ने गरेको पाइन्छ ।

यस्तै, गुराँसमा विभिन्न रोग निको पार्ने औषधीय गुणहरू समेत पाइन्छ । घाँटी दुख्दा वा घाँटीमा केही खाने कुरा अड्किएमा गुराँसको सेवनले फाइदा पुग्छ । कलेजो र मिर्गौलाको समस्या भएमा समेत यसले फाइदा पुग्ने गरेको बताइन्छ । श्वासप्रश्वासको सङ्क्रमण, छालाका रोगहरूलाई पनि गुराँसको सेवनले कम गर्छ ।

थरीथरी रङमा फुल्ने गुराँसको धार्मिक, सांस्कृतिक र आयुर्वेदिक औषधीय गुणका हिसाबले जति महत्त्व छ उति नै पर्यटन प्रवर्द्धनमा समेत यसको महत्त्व रहेको देखिन्छ । जब गुराँसे वनहरूमा गुराँस ढकमक्क भएर देखिन्छन् तब आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनसँगै चहलपहल सुरु हुन्छ । गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले क्षेत्रमा मात्रै वार्षिक बाह्य तथा आन्तरिक गरी हजारौँको सङ्ख्यामा पर्यटकहरू पुग्ने गरेका छन् । गुराँसको सौन्दर्यसँग रम्न र रमाउन चाहनेहरूको निकै चहलपहल हुने स्थानीय होटल व्यवसायीहरू बताउँछन् । एकै ठाउँमा धेरै प्रजातिका गुराँस पाइने भएकाले पनि यस क्षेत्रमा गुराँसको अवलोकन गर्न पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको हो । यसबाट स्थानीय व्यवसायीको आम्दानीमा समेत सघाउ पु¥याउँछ । गुराँसको राजधानीदेखि अन्यत्रका ठाउँहरूमा पनि गुराँस फुल्न थालेपछि आन्तरिक पर्यटकहरूको चहलपहल हुने गरेको छ ।

गुराँस विभिन्न दृष्टिले महत्त्वपूर्ण भएपछि यसको संरक्षण नहुँदा भने मासिँदै पनि गएको छ । यसको संरक्षण गर्ने दायित्व सबैको भए पनि संरक्षणमा कसैबाट चासो नहुने गरेको सुकेटारका होटल व्यवसायी तथा समाजसेवी ओमप्रकाश राईले बताए ।

जथाभावी सडक विस्तारसहितका भौतिक संरचनाको निर्माणलगायतले गुराँसका वनहरू मासिन थालेको उनको बुझाइ छ । उपयुक्त भूगोल हेरेर गुराँसको विस्तार गर्नाका साथै यसको संरक्षणमा सबै पक्षले ध्यान दिन आवश्यक रहेको राईले बताउनुभयो । विभिन्न दृष्टिकोणले गुराँसको महत्त्व उच्च रहे पनि यसको संरक्षण र विस्तारमा कसैको ध्यान नदेखिएको सरोकारवालाले बताउने गरेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ९ : ०१ बजे

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि

ऋण गरेर जदुको किरिया गर्दै परिवार, कतार जाने सपना अधुरै

सर्लाही – गत बिहीबार साँझ गोविन्द नामको जङ्गली हात्तीको आक्रमणबाट

कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको

जोटाको निर्णायक गोलमा लिभरपुल विजयी

काठमाडौं – इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हासिल

आजका समाचार : प्रधानमन्त्री ओलीको राजीनामा माग, चितवनमा रविविरुद्ध सहकारी पीडितको प्रदर्शन

झलनाथ खनालले मागे प्रधानमन्त्री ओलीको राजीनामा नेकपा एकीकृत समाजवादीका सम्मानित