भाइरलको जोखिम र बच्ने उपाय « Khabarhub

भाइरलको जोखिम र बच्ने उपाय

मौसम परिवर्तनसँगै रुघा खोकीका बिरामी बढे


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौसम परिवर्तनसँगै हामी विस्तारै जाडोबाट गर्मीतर्फ जाँदै छौँ। यो मौसममा हाम्रो शरीरमा ब्याक्टेरियाका कारण ज्वरो, रुघाखोकी भाइरल ज्वरो जस्ता सरुवा रोग लाग्ने सम्भावना धेरै हुन्छ। अहिलेको मौसम परिवर्तनको समयमा बिहान बेलुका चिसो तथा दिनमा गर्मी बढ्नुका साथै अत्यधिक प्रदूषण हुने भएकाले पनि स्वास्थ्यमा विभिन्न खालका समस्या देखा पर्छन्।

यो मौसममा स्वास्थ्यमा देखिएको समस्याको पहिचान गर्नसमेत धेरै समस्या भएको पाइन्छ। साथै अहिले केही दिन पानी परेको कारणले पनि बिहान र बेलुका चिसो हावा चल्ने हुँदा हाम्रो स्वास्थ्यमा धेरै संक्रामक रोग लाग्ने चिकित्सकहरु बताउँछन्।

मौसम परिवर्तनको समयमा हाम्रो शरीरको रोग प्रतिरोधात्मकत्मक वा प्रतिरक्षात्मक क्षमता कम हुनसक्छ। त्यस्तो बेलामा हामीले झनै बाहिरका सडे गलेका र प्याकेटमा लामो समय राखेका खाना खाँदा झनै समस्या बढ्न सक्ने चिकित्सकको भनाइ छ। यो मौसममा कसरी भाइरल सङ्क्रमण वा ब्याक्टेरिया इन्फेक्सनबाट कसरी बच्ने भन्ने विषयमा आधारित रहेर चिकित्सकसँगको कुराकानीका आधारमा तयार पारिएको स्वास्थ्य सामग्री :

भाइरल सङ्क्रमण वा ब्याक्टेरिया इन्फेक्सन भनेको के हो ?
मौसम परिवर्तनसँगै तापक्रममा पनि परिवर्तन आउने हुनाले यो समयमा भाइरलको सङ्क्रमण पनि बढ्दै जान्छ। अहिले प्रायः दैनिक रूपमा नै परेको पानीमा भिज्दा हाम्रो स्वास्थ्यमा पनि निकै असर गर्छ। ज्वरो आउने, टाउको दुख्ने, रिंगाटा लाग्ने सम्मको समस्या हुनसक्छ। यो मौसममा खाना खान मन नलाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने जस्ता लक्षण देखा पर्छन्। यस्ता लक्षण एक दुई दिनसम्म देखियो भने भाइरल इन्फेक्सन भएको हुनसक्छ।

मौसमी रुघाखोकीको बेवास्ता गरियो भने त्यसले भविष्यमा जटिल रूप लिनसक्छ। हामीलाई लाग्ने कुनै पनि संक्रामक रोगको पहिलो लक्षण रुघाखोकी हुनसक्छ। त्यसैले रुघाखोकीलाई वेवास्ता गरेर यो केही दिनमा आफै निको भएर जाने त हो नि भनेर घरमा बस्नु हुँदैन। सामान्य भनिएको रुघाखोकीले घाँटी, फोक्सो, कलेजो, पेट र टाउकोमा समेत इन्फेक्सन हुन्छ। त्यसैले समयमा नै अस्पताल गएर सम्बन्धित डाक्टरलाई भेट्नुपर्ने हुन्छ।

उपचारको पाटो
भाइरल सङ्क्रमण भएमा घरमै प्रशस्त मात्रामा शुद्ध पानी सकेसम्म उमालेको पानी पिउने गर्नुपर्छ। हरियो सागसब्जी र मौसमी फलफूल खानु निकै लाभदायक मानिन्छ। तर ब्याक्टेरियल इन्फेक्सन भएर लामो समयसम्म ठिक नभएमा सम्बन्धित चिकित्सकसँग नै परामर्श लिनुपर्छ। स्वास्थ्य खाना खाने र मास्क लगाएर हिँड्ने गर्नुपर्छ। ज्वरो आयो भने सिटामोल खाँदा राम्रो हुन्छ।

बच्ने उपाय
भाइरलबाट बच्नको लागि यो मौसममा परेको पानीमा भिज्नु हुँदैन। यसबाट बच्नका लागि आफैंले विभिन्न उपाय अवलम्बन गर्न सकिन्छ। ती उपायलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ।
– पानीमा नभिज्ने,
– सङ्क्रमित व्यक्तिको नजिक नबस्ने,
– सार्वजनिक ठाउँमा वा भीडभाड भएको ठाउँमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्ने,
– पानी उमालेर खाने,
– चिकित्सकको सल्लाहमा औषधि सेवन गर्ने,
– दैनिक शारीरिक ब्यायाम गर्ने,
– घर तथा आफ्नो वरिपरिको वातावरण सफा राख्ने,
– साधारण रुघाखोकी लाग्दा तातो पानीले बाफ लिने,
– पर्याप्त मात्रामा आराम र निन्द्रा पुर्याउनुपर्छ,
– समय समयमा हात साबुन पानीले धुनुपर्छ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ७ : ०८ बजे

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा