संघीय संसद्का दुवै सदनको बैठक दिउँसो १ बजे « Khabarhub

संघीय संसद्का दुवै सदनको बैठक दिउँसो १ बजे


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्ने भएको हो।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् (काम, कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री प्रचण्डले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

संसद् सचिवालयकाअनुसार आजको बैठकले संविधान सभा सदस्य गणेशप्रसाद विमलीको निधनमा शोक प्रस्ताव पारित गर्ने छ। विमली २०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक सदस्यको रुपमा निर्वाचित भएका थिए । उनको चैत ७ गते निधन भएको थियो।

राष्ट्रिय सभा बैठकका लागि भने एउटा मात्रै सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ पेस गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ८ : ४९ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको