ताइवानसँगको ८० वर्ष पुरानो सम्बन्ध तोड्दै होन्डुरसद्वारा चीनसँग कूटनीतिक सम्बन्ध स्थापना « Khabarhub

ताइवानसँगको ८० वर्ष पुरानो सम्बन्ध तोड्दै होन्डुरसद्वारा चीनसँग कूटनीतिक सम्बन्ध स्थापना


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनगणतन्त्र चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँगको ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध विच्छेद गर्दै होन्डुरसले चीनसँग आज औपचारिक रूपमा सम्बन्ध स्थापना गरेको हो ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा चीन र होन्डुरसका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन् । चीनले होन्डुरसको निर्णयलाई सही विकल्प भन्दै त्यसको स्वागत गरेको छ ।

होन्डुरस र ताइवानले औपचारिक रूपमा एकआपसको सम्बन्ध विच्छेद भएको औपचारिक घोषणा गरेसँगै चीन र होन्डुरसबीच कूटनीतिक सम्बन्ध कायम भएको हो । विश्वका १४ सार्वभौम राष्ट्रसँग कूटनीतिक सम्बन्ध कायम गरेको ताइवानलाई अब भ्याटिकन सिटीलगायत १३ देशले मात्र मान्यता दिएका छन् ।

यसैबीच, एशोसिएटेड प्रेसले दुई देशबीचको नयाँ सम्बन्ध चीन र अमेरिका बीचको बढ्दो तनावका बेला कायम भएको जनाउँदै स्वशासित ताइवानप्रति चीनको बढ्दो दृढता र ल्याटिन अमेरिकामा बढ्दो चिनियाँ प्रभावको सङ्केत गरेको बताएको छ ।

यसअघि होन्डुरसका विदेशमन्त्री एडुआर्डो रेनाले देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताएका थिए । उनले आफ्नो देशको आर्थिक आवश्यकता पूरा गर्न ताइवानले सहायता बढाउन अस्वीकार गरेपछि चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णयमा सरकार पुगेको बताएका थिए ।

विदेशमन्त्री रेनाले ताइवानले वार्षिक रूपमा प्रदान गर्दै आएको पाँच करोड डलर अनुदानलाई एक वर्ष १० करोड गर्न तथा तिर्न बाँकी रहेको ६० करोड डलर सहुलियत ऋण पुनःसंरचनाका निम्ति गरेको आग्रहप्रति सकारात्मक जवाफ नदिएको बताए ।

होन्डुरसका जनताको आवश्यकतालाई ध्यानमा राख्दै सहायता प्रस्ताव गरिएको तर ताइवानले त्यसलाई अस्वीकार गरेको उनको भनाइ थियो । मध्य अमेरिकी राष्ट्र होन्डुरस यो क्षेत्रको सबैभन्दा निर्धन मुलुक हो । एक करोड जनसङ्ख्या भएको होन्डुरसमका करिब ७४ लाख जनता गरिबीको चपेटाबाट मुक्त हुन सकेका छैनन् ।

होन्डुरसको विदेश मन्त्रालयले आफ्नो देशको सरकारले विश्वको एउटा मात्र चीनलाई मान्यता दिने र समग्र चीनको प्रतिनिधित्व जनवादी गणतन्त्रले गरेको बताएको छ । ताइवान चिनियाँ क्षेत्रको अविभाज्य भाग भएको उल्लेख गर्दै मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ताइवानसँग औपचारिक सम्बन्ध कायम नगर्ने वाचा गरेको छ । होन्डुरसले ताइवानसँग कूटनीतिक सम्बन्ध तोडिएको जानकारी दिइएको विज्ञप्तिमा जनाइएको छ ।

ताइवानका विदेशमन्त्री जोसेफ वुले पनि आज ताइपेइमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो मर्यादा र सार्वभौमसत्ता रक्षका लागि होन्डुरससँगको सम्बन्ध तोडेको बताएका छन् । होन्डुरससँगको आफ्नो देशको सम्बन्ध स्थिर रहेका बेला चीनले प्रलोभन दिएर सम्बन्ध तोडेको आरोप विदेशमन्त्री वुले लगाए । साथै उनले होन्डुरसको निर्णयप्रति खेद प्रकट गरे ।

दुई साताअघि होन्डुरसका राष्ट्रपति जिओमारा क्यास्ट्रोले विदेशमन्त्री एडुआर्डो रेनालाई जनवादी गणतन्त्र चीनसँग आधिकारिक सम्बन्ध स्थापना गर्न निर्देशन दिएकी थिइन् । राष्ट्रपति क्यास्ट्रोले चुनावी अभियानको क्रममा आफ्नो सरकारले चीनसँग जलविद्युत् बाँध निर्माणका निम्ति वार्ता गरिरहेको घोषणा पनि गरेकी थिइन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १ : ४८ बजे

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता

एमालेले ओली–लेखक पक्राउको कानुनी र राजनीतिक ढंगले प्रतिवाद गर्ने, तीन नेतालाई जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।