मकैबारी बन्यो पर्यटकीय गन्तव्य, एक अर्ब लगानीमा ‘द टेरेसेस रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा | Khabarhub Khabarhub

मकैबारी बन्यो पर्यटकीय गन्तव्य, एक अर्ब लगानीमा ‘द टेरेसेस रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्किन सकेको छैन । नेपाल आउने पर्यटकको संख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्र रिकभर भएको छ । विदेशी पर्यटक नआउँदा होटल तथा रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीबाट माथि जान नसकेको होटल संघ नेपाल (हान) को भनाइ छ । हानले कोरोना महामारीअघिको अवस्थामा आइपुग्न अझै एकदेखि दुई वर्ष लाग्ने अनुमान गरेको छ ।

पर्यटन क्षेत्रको अन्योलपूर्ण अवस्थामा पनि वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको समूहले भने काठमाडौँ उपत्यका नजिकै लतिलपुरको लाकुरी भञ्ज्याङमा ‘द टेरेसेस रिसोर्ट एण्ड स्पा’ रिसोर्ट सञ्चालनमा ल्याएको छ । रिसोर्टमा शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नी समूहको एक अर्ब लगानी भएको छ ।

तत्कालीन समयमा मकैबारी खरिद गर्दा कसैले पनि यति राम्रो रिसोर्ट बन्छ भन्ने नसोचेको उनले सुनाए, ‘नगरकोट र धुलिखेल छाडेर यहाँको उराठलाग्दो डाँडा खरिद गर्ने भन्दै त्यो समयमा धेरैले खिसिट्यूरी पनि गरे । करिब चार दशकपछि भने त्यो सपनाले मूर्तरुप पाएको छ ।’

रिसोर्ट सञ्चालन आएसँगै पर्यटकीय गन्तव्य बढ्ने अपेक्षा उनको छ । रिसोर्ट गुणस्तरीय पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको शेर्पाको भनाइ छ । ‘हाम्रो लक्ष्य गुणस्तरीय पर्यटक ल्याउनु हो,’ उनले भने, ‘सहर नजिकै शान्त वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्नु उद्देश्य हो ।’

अहिले पर्यटकको संख्या बढाउनेभन्दा पनि गुणस्तरीय पर्यटक आवश्यक भएको भन्दै उनले सोहीअनुसार सेवा र सुविधामा ध्यान दिइएको उनको भनाइ छ । ललितपुरको ग्वार्कोबाट करिब १८ किलोमिटरको दुरीमा रहेको रिसोर्टबाट विभिन्न हिमशृंखला हेर्न सकिन्छ । जहाँ बस्नका लागि १० वटा भिल्ला छन् । करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टले अतिथिलाई अग्र्यानिक खाना खुवाउने उद्देश्यले आफैले तरकारी र केही फलफूल खेती पनि गरेको छ ।

रिसोर्टमा दुई वटा स्वीट रुम छन् भने १६ वटा डिलक्स २८ वटा स्यान्डर्ड गरि कूल ४६ रुम छन् । जसमा स्वीटरुमको प्रतिदिन ५९ हजार, डिलक्सको प्रतिदिन ३० हजार र स्टयान्डर्ड रुमको प्रतिदिनज २५ हजार पर्छ ।

अतिथिलाई प्रकृतिको अवलोकनका साथै मनोरम दृश्यावलोकन गराउने उद्देश्यले रिसोर्टलाई फरक ढङ्गले निर्माण गरिएको रिसोर्टका प्रबन्ध निर्देशक तेञ्जिङ शेर्पाले बताए ।

‘हाम्रो मुख्य उद्देश्य पाहुनालाई कोठामा सीमित नराखी प्रकृतिको अवलोकन गराउनु पनि हो’, उनले भने । होटल सङ्घ नेपालसँग रिसोर्टलाई लक्जरी स्तरको मान्यता दिलाउन आफुहरु प्रयास गरिरहेको उनको भनाइ छ । रिसोर्टमा लुक्ला जान चाहने पर्यटकलाई लक्षित गरेर हेलिप्याड निर्माण गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ५ : २३ बजे

तरकारी खेतीमा आकर्षित हुँदै शैलुङका किसान, वार्षिक एकअर्ब बराबरको आलु-तरकारी निर्यात  

दोलखा– जिल्लाको सैलुङ गाउँपालिका भित्रका स्थानीय कृषक तरकारी तथा आलुखेतीमा

पूर्वाधार निर्माणलाई दिगो र सुरक्षित बनाउन आवश्यक : मन्त्री दाहाल

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद्बाट हुनसक्ने

‘शरीर ब्रम्हाण्ड भएकाले ‘होलबडी चेकअप’ झूटो हो’ (भिडियो अन्तर्वार्ता) 

विभिन्न प्रविधिको विकास र मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण विश्वले

पाटन दरबार स्क्वायर जाने बाटो जलमग्न (तस्बिरहरू)

काठमाडौं– पाटनको महापाल क्षेत्रमा, पाटन दरबार स्क्वायर जाने बाटोमा पानी

रविबारे ओलीलाई वर्षमानले सोधे- ‘प्रमाणित अभियुक्त’लाई सरकारी टीभीमा कसले जागिर दियो ? गृहमन्त्री बनायो ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले