मकैबारी बन्यो पर्यटकीय गन्तव्य, एक अर्ब लगानीमा ‘द टेरेसेस रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा « Khabarhub

मकैबारी बन्यो पर्यटकीय गन्तव्य, एक अर्ब लगानीमा ‘द टेरेसेस रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र अझै पनि पूर्ववत् अवस्थामा फर्किन सकेको छैन । नेपाल आउने पर्यटकको संख्या सन् २०१९ को तुलनामा २०२२ मा करिब ६० प्रतिशत मात्र रिकभर भएको छ । विदेशी पर्यटक नआउँदा होटल तथा रिसोर्ट अझै पनि २५ प्रतिशत अकुपेन्सीबाट माथि जान नसकेको होटल संघ नेपाल (हान) को भनाइ छ । हानले कोरोना महामारीअघिको अवस्थामा आइपुग्न अझै एकदेखि दुई वर्ष लाग्ने अनुमान गरेको छ ।

पर्यटन क्षेत्रको अन्योलपूर्ण अवस्थामा पनि वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको समूहले भने काठमाडौँ उपत्यका नजिकै लतिलपुरको लाकुरी भञ्ज्याङमा ‘द टेरेसेस रिसोर्ट एण्ड स्पा’ रिसोर्ट सञ्चालनमा ल्याएको छ । रिसोर्टमा शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नी समूहको एक अर्ब लगानी भएको छ ।

तत्कालीन समयमा मकैबारी खरिद गर्दा कसैले पनि यति राम्रो रिसोर्ट बन्छ भन्ने नसोचेको उनले सुनाए, ‘नगरकोट र धुलिखेल छाडेर यहाँको उराठलाग्दो डाँडा खरिद गर्ने भन्दै त्यो समयमा धेरैले खिसिट्यूरी पनि गरे । करिब चार दशकपछि भने त्यो सपनाले मूर्तरुप पाएको छ ।’

रिसोर्ट सञ्चालन आएसँगै पर्यटकीय गन्तव्य बढ्ने अपेक्षा उनको छ । रिसोर्ट गुणस्तरीय पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको शेर्पाको भनाइ छ । ‘हाम्रो लक्ष्य गुणस्तरीय पर्यटक ल्याउनु हो,’ उनले भने, ‘सहर नजिकै शान्त वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्नु उद्देश्य हो ।’

अहिले पर्यटकको संख्या बढाउनेभन्दा पनि गुणस्तरीय पर्यटक आवश्यक भएको भन्दै उनले सोहीअनुसार सेवा र सुविधामा ध्यान दिइएको उनको भनाइ छ । ललितपुरको ग्वार्कोबाट करिब १८ किलोमिटरको दुरीमा रहेको रिसोर्टबाट विभिन्न हिमशृंखला हेर्न सकिन्छ । जहाँ बस्नका लागि १० वटा भिल्ला छन् । करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टले अतिथिलाई अग्र्यानिक खाना खुवाउने उद्देश्यले आफैले तरकारी र केही फलफूल खेती पनि गरेको छ ।

रिसोर्टमा दुई वटा स्वीट रुम छन् भने १६ वटा डिलक्स २८ वटा स्यान्डर्ड गरि कूल ४६ रुम छन् । जसमा स्वीटरुमको प्रतिदिन ५९ हजार, डिलक्सको प्रतिदिन ३० हजार र स्टयान्डर्ड रुमको प्रतिदिनज २५ हजार पर्छ ।

अतिथिलाई प्रकृतिको अवलोकनका साथै मनोरम दृश्यावलोकन गराउने उद्देश्यले रिसोर्टलाई फरक ढङ्गले निर्माण गरिएको रिसोर्टका प्रबन्ध निर्देशक तेञ्जिङ शेर्पाले बताए ।

‘हाम्रो मुख्य उद्देश्य पाहुनालाई कोठामा सीमित नराखी प्रकृतिको अवलोकन गराउनु पनि हो’, उनले भने । होटल सङ्घ नेपालसँग रिसोर्टलाई लक्जरी स्तरको मान्यता दिलाउन आफुहरु प्रयास गरिरहेको उनको भनाइ छ । रिसोर्टमा लुक्ला जान चाहने पर्यटकलाई लक्षित गरेर हेलिप्याड निर्माण गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ५ : २३ बजे

प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले नै बोले झुट, कार्यसम्पादनमा फुयाँल अगाडि, शर्मा तेस्रो

काठमाडौं– बिहीबार संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका क्रममा गरेको सिफारिसपछि सरकारले

‘साहसिक खेलमार्फत कोशीको पर्यटन प्रवर्द्धन गर्छौँ’

धरान (सुनसरी)- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साहसिक खेलमार्फत प्रदेशको

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान र

टिपरको ठक्करबाट एक जनाको मृत्यु

त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा

नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार पुरस्कृत

काठमाडौं- नातिकाजी स्मृति समाजले विभिन्न २१ जना कलाकारलाई सम्मान गरेको