‘चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास हुँदैन’ | Khabarhub Khabarhub

‘चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास हुँदैन’


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संविधानसभा सदस्य बीपी यादवले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताएका छन् । राष्ट्रिय एकता अभियानले आइतबार काठमाडौंमा आयोजना गरेकाे ‘नेपालप्रति चिनियाँ अभ्यास र असर’ विषयक विचार–गोष्ठीमा बोल्दै उनले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गरेका हुन्।

उनले भने, ‘कहिले चीनका लागि नेपाली राजदूतको ओहोदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडौंमा रहेको चिनियाँ दूतावासमार्फत चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतको काम गरिरहेको छ।यसले नेपालको राजनीतिमा गम्भीर असर पार्छ ।’

त्यस्तै गोष्ठीमा सहभागी विश्लेषक बुद्ध छोरिंग लामाले नेपलालाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेको आरोप लगाए । उनले भने, ‘चीनले नेपाललाई श्रीलंका बनाउन खोजिरहेको छ। नेपाललाई हरेक क्षेत्रमा कमजोर पार्ने षडयन्त्र भइरहेको छ । उदाहरणको रुपमा पोखरा विमानस्थललाई लिन सक्छौ । आफै लगानी गरेर चीनले अहिले पोखरा विमानस्थल कब्जामा लिन खोजीरहेको छ ।’

त्यसैगरी वरिष्ठ अधिवक्ता अवधेश सिंहले चीनको विस्तारवादी नीतिविरुद्ध सबै जना एक जुट हुनुपर्नेमा बताए ।चीनले बीआरआईमार्फत नेपाललाई ऋणको जालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको उनको आरोप छ ।

त्यस्तै अर्का सहभागी सीताराम अग्रवालले चीनले पछिल्लो समय नेपालको भूभाग मिचेको समचारहरु आएको बताए। चिनियाँ नागरिक नेपालमा अवैध गतिविधि गरेको र उनीहरुका यस्ता हर्कतले देशको सुरक्षा नै खतरामा परेको उनको भनाइ छ ।

त्यस्तै कार्यक्रममा सहभागी अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशी, शहीद परिवारका सदस्य एवं प्रधानमंत्री सचिवालय सदस्य बबिता ठाकुर, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष अम्बिका दहाल लगायतले चीनको विस्तारवादी नीतिलाई जरैदेखि फाल्नु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ८ : ४१ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित