अटो दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत कोहलपुर पठाइयो « Khabarhub

अटो दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत कोहलपुर पठाइयो


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुकुम पश्चिममा भएको अटो दुर्घटनामा घाइते भएकामध्ये तीनजनालाई बाँकेको कोहलपुर पठाइएको छ । मुसिकोट नगरपालिका–५ सेरिगाउँमा भएको अटो दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको हो ।

जिल्ला अस्पताल सल्लेमा सामान्य उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार अटो चालक रोशन बिष्ट, मुसिकोट– ३ की वडा सदस्य खीमा खड्का र मुसिकोट–१४ की सरिता ओली बिष्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत लगिएको हो । रोशन र खीमाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । सरिताको अवस्था भने सामान्य रहेको बताइएको छ ।

आज मुसिकोट नगरपालिका–५ को सेरिगाउँदेखि वडा नं १४ को खेता कुना भन्ने ठाउँका लागि गइरहेको रा१ह ७१९९ नंको अटो सेरिगाउँ नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र नजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

उक्त अटोमा चालकसहित छजना सवार थिए । घाइतेमध्ये तीनजनाको भने जिल्ला अस्पताल सल्लेमै उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ८ : ४८ बजे

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित