भोजपुर गोल्डकप : खोटाङलाई हराउँदै साविक विजेता रुपन्देही सेमिफाइनलमा प्रवेश | Khabarhub Khabarhub

भोजपुर गोल्डकप : खोटाङलाई हराउँदै साविक विजेता रुपन्देही सेमिफाइनलमा प्रवेश


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टरफाइनल खेलमा ‘टाइब्रेकर’ मा रुपन्देहीले खोटाङको टोलीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।गोर्खा ब्वाइज रुपन्देहीले भारतको अमुक्ता परिवार, पश्चिम बङ्गाललाई हराउँदै गत वर्षको पाँचौँ भोजपुर गोल्डकपको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।

सदरमुकामको स्थानीय टुँडिखेलमा सञ्चालन भएको निर्धारित खेलमा गत वर्षको विजेता गोर्खा ब्वाइज रुपन्देही र भगवती स्पोर्ट्स क्लब खोटाङ दुवै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा खेलाइएको थियो । खेल बराबरी भएपछि समय थप नगरी खेलाइएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीका तर्फबाट निशान न्यौपाने, विकास थुलुङ, सन्तोष, टम्पी र फोफनाले पाँच गोल गरेका थिए ।

यता भगवती स्पोर्ट्स क्लब खोटाङका तर्फबाट भने अबदुल्ला, सविन राई, एलेक्स र शरद राईले चार गोल मात्र गरेका थिए । प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ रुपन्देहीका शाहिल्द भएका छन् । सोमबार हुने अन्तिम क्वार्टरफाइनल खेल एभिनिर क्यामरुन र बसाहा युथ क्लब उदयपुरका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

शुक्रबार भएको पहिलो खेलमा एनबिवाइसी सप्तरीलाई ४–२ ले पराजित गर्दै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ सेमिफाइनल प्रवेश गरेको छ भने शनिबारको तेस्रो खेलमा युकेएफसी भारतलाई हराउँदै डाँगीहाट युथ क्लब मोरङ सेमिफाइलको यात्रामा पुगेको हो ।

प्रतियोगितामा दुई बाहिरी र छ नेपाली गरी आठ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा युकेएफसी दार्जिलिङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ र बसाहा क्लब उदयपुरको सहभागिता रहेको खेल संयोजक आङपासाङ शेर्पाले जानकारी दिए।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद पाँच लाख र उपविजेताले तीन लाख पाउनेछन् भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ ।

चैत १० देखि सुरु प्रतियोगितामा १० देखि १३ गतेसम्म क्वार्टरफाइनल, १४ र १५ गते सेमिफाइनल तथा १६ गते फाइनल खेल सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : ३२ बजे

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट