युएई सेमिफाइनलमा प्रवेश « Khabarhub

युएई सेमिफाइनलमा प्रवेश


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । 

युएईले छ अंक जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । यससँगै समूह चरणमा चार खेल खेलेको युएईले तीन खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । पहिले ब्याटिङ गरेको बहराइनले युएईलाई जितका लागि एक सय १७ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा युएईले २७ दशमलव चार ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । 

युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ८४ बलमा पाँच चौका र एक छक्काको मद्दतमा अविजित ६२ रन बनाए । त्यसैगरी रोहन मुस्तफाले ५० रन जोडे । उनले ५६ बल खेल्दै पाँच चौका र एक छक्का प्रहार गर्दै अविजित ५० रन बनाए । बलिङतर्फ बहराइनका अब्दुल मजितले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनका लागि अलि दवद र हैदर बुटले समान २३-२३ रन जोडे भने मुहम्मद युनिसले १६ तथा इमरान अनवरले १४ रन बनाए । वासिक अहमदले १२ तथा अब्दुल मजितले ११ रन बनाए । 

बहराइनलाई एक सय १६ रनमा समेट्नेक्रममा युएईका आयन अफजल खान एक्लैले चार विकेट झारे भने रोहन मुस्ताफा र कात्तिक मैयप्पानले समान दुई-दुई विकेट लिए । यस हारसँगै बहराइन भने प्रतियोगिताबाट बाहिरिएको छ । 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ३ : ३७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी