नेपालमा भारतीय चलचित्रको छायाङ्कन हुने क्रम बढ्दो « Khabarhub

नेपालमा भारतीय चलचित्रको छायाङ्कन हुने क्रम बढ्दो


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुने क्रम बढिरहेको छ । अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाएपनि भारतीय चलचित्रको सङ्ख्या भने बढेको धेरै भएको छैन ।

विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो । भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो । त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृङ्खलासमेत आउन थालेका छन् ।

गत साता मात्र काठमाडौँमा भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन भयो । त्यही समयमा भारतीय निर्देशक अनुभव सिन्हाले समेत एक शृङ्खलाको छायाङ्कन काठमाडौँदेखि पोखरासम्म गरे । अभिनेता अर्जुन कपुर अभिनित ‘इन्डियाज मोस्ट वान्टेड’ को छायाङ्कनसमेत पोखरामा भएको थियो । यी प्रतिनिधि नाम मात्र हुन् । ससाना शृङ्खला, साङ्गीतिक भिडियो उत्तिकै सङ्ख्यामा छायाङ्कन भइरहेका हुन्छन् । नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन डिजाइनर अरुण रेग्मीले जानकारी दिए । उनीसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको शृङ्खलासँगै फर्जी, उचाइलाई नेपाल व्यवस्थापनको काम गरिसकेको छ । चलचित्र छायाङ्कनमा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सन डिजाइनरले मिलाउने गर्छन् ।

“विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकलेसमेत सिक्न पाएँ । उहाँहरूको काम गर्ने शैली परिपक्व छ । ठूलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ”, प्रोडक्सन डिजाइनर रेग्मीले भने । विशेषतः विदेशबाट नेपालमा छायाङ्कन टोली आउँदा एक सयभन्दा बढी प्राविधिक आउने गरेका छन् । उनीहरूले स्थानीयसँग सहकार्य गरेर काम गर्ने गरेका छन् ।

‘मिराई’ को नेपाल व्यस्थापन हेरेका प्रोडक्सन डिजाइनर मनोज जोशीले काम गर्न सहज भएको बताए । “उहाँहरुसँग काम गर्दा आफ्नो जिम्मेवारी लिएपछि ढुक्क हुन्छ । नेपाललाई मन पराएको भन्ने नै सुन्छु । नेपालीको स्वागत सत्कारले उहाँहरुलाई लोभ्याएको पाएको छु”, जोशीले भने । समूहमा काम गर्दा बलिउडका ठूला कलाकारले पनि सरलता प्रस्तुत गर्ने प्रोडक्सन डिजाइनर रेग्मीले बताए । उनले भने, “दिग्गज कलाकारको कामप्रतिको सरलता र मानवीय स्वभावले हामीलाई काम गर्न ऊर्जा प्रदान गर्थ्यो । कामप्रतिको लगाव तारिफयोग्य छ । हामीलाई सहज होस् भनेर कहिले ठूलो कलाकारको व्यवहार गर्नुभएन ।”

नेपाल सरकारले विदेशबाट छायाङ्कनमा आउने चलचित्रलाई सेवासुविधा प्रदान गरे सङ्ख्या वृद्धि हुने अर्का प्रोडक्सन डिजाइनर शङ्कर पाण्डेले बताए । “विशेषत छायाङ्कनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए सङ्ख्या बढ्नेछ । अहिले नेपाल हाम्रोभन्दा पनि उनीहरुकै कारणले आइरहेका छन्”, प्रोडक्सन डिजाइनर पाण्डेले भने ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ९ : १० बजे

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौं– बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना

२३ अर्ब बक्यौता तिरेर जुर्मुराउँदै स्वास्थ्य बीमा : संकट टार्न सुविधा थैलीमा कटौती

काठमाडौँ – आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान

पहिरो पन्छाइएपछि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर प्रभावित नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ

कञ्चनपुरमा जापानिज इन्सेफ्‌लाइटिसको जोखिम कायमै

कञ्चनपुर– चार वर्षदेखि जापानिज इन्सेफ्‌लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर– भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको