सांसद बन्न पैसा नबुझाएको ढाकाको प्रष्टीकरण « Khabarhub

सांसद बन्न पैसा नबुझाएको ढाकाको प्रष्टीकरण


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन्।

बिहीबार एक विज्ञप्ति निकालेर उनले तीन करोड बुझाएको भनेर केही मिडियामा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्।

आफूले कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोध पनि नगरेको उनको जिकिर छ। उनले कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन्।

‘स्वीकृत आधारबिना नै तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गरेमा स्वयं आफैं कानूनी प्रक्रियामा जान बाध्य हुनेछु।’ उनले भनेका छन्।

यसअघि पार्टी प्रवक्ता मुकुल ढकाल र उपसभापति डीपी अर्यालले श्रेष्ठसँग रकम मागेको भन्ने समाचारमा ढकाललेसमेत पुष्टि गर्न नभए मानहानीको मुद्दा हाल्ने बताएका थिए।

तर ढाकाले दुर्गा प्रसाईंसँगको अडिओकाण्डका कारण पार्टीबाट हट्न परे पछि पार्टी चोखो नरहेको भन्दै पोल खोलिदिने चेतावनी दिएका थिए।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ८ : ४४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल