सांसद बन्न पैसा नबुझाएको ढाकाको प्रष्टीकरण « Khabarhub

सांसद बन्न पैसा नबुझाएको ढाकाको प्रष्टीकरण


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन्।

बिहीबार एक विज्ञप्ति निकालेर उनले तीन करोड बुझाएको भनेर केही मिडियामा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्।

आफूले कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोध पनि नगरेको उनको जिकिर छ। उनले कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन्।

‘स्वीकृत आधारबिना नै तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गरेमा स्वयं आफैं कानूनी प्रक्रियामा जान बाध्य हुनेछु।’ उनले भनेका छन्।

यसअघि पार्टी प्रवक्ता मुकुल ढकाल र उपसभापति डीपी अर्यालले श्रेष्ठसँग रकम मागेको भन्ने समाचारमा ढकाललेसमेत पुष्टि गर्न नभए मानहानीको मुद्दा हाल्ने बताएका थिए।

तर ढाकाले दुर्गा प्रसाईंसँगको अडिओकाण्डका कारण पार्टीबाट हट्न परे पछि पार्टी चोखो नरहेको भन्दै पोल खोलिदिने चेतावनी दिएका थिए।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ८ : ४४ बजे

राष्ट्रिय टोपी दिवस दौड प्रतियोगिता (तस्बिरहरू)

ललितपुर– नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको

सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी

राष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त

म्याग्दीको घतानमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस