अभिनेता आशिष विद्यार्थीले गरे दोस्रो विवाह « Khabarhub

अभिनेता आशिष विद्यार्थीले गरे दोस्रो विवाह


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यतिबेला मनोरञ्जन क्षेत्रबाट एउटा खुसीको खबर आएको छ।

बलिउडदेखि साउथ इन्डस्ट्रीसम्म खलनायकको भूमिकाबाट फ्यानको मनमा विशेष स्थान बनाएका ६० वर्षीय प्रतिभाशाली अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन्।

उनले कोलकाताको असमकी फेसन व्यवसायी रुपाली बरुआहसँग विवाह गरेका हुन् । हाल विवाहका तस्बिरहरू सोशल मिडियामा ट्रेन्डिङमा छन्। यी तस्विरहरु हेरेपछि फ्यानहरुले उनको नयाँ इनिङ्सका लागि बधाई दिइरहेका छन्।

फ्यानहरुले शेयर गरेका तस्विरमा आशिष विद्यार्थी र उनकी श्रीमती रुपाली बरुआलाई परम्परागत सेतो पहिरनमा देख्न सकिन्छ। आफ्नो विवाह गर्ने निर्णयको प्रतिक्रिया दिँदै, अभिनेता आशिषले इ–टाइम्ससँ भने, ‘जीवनको यो चरणमा, रूपालीसँग विवाह गर्न पाउँदा असाधारण अनुभूति भएको छ। हामीले बिहान कोर्ट विवाह गर्यौ र साँझ गेट टुगेदर सकियो।’

आशिष विद्यार्थीले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन्। बाजी, जीत, मृत्युदाता, अर्जुन पण्डित, मेजर साब, सोल्जर, हसिना मान जायेगी, जानवर, वास्तवः द रियलिटी, जोरु का गुलाम, रिफ्युजी, जोडी नम्बर १ जस्ता दर्जनौ फिल्महमा अभिनय गरेका छन्। उनको खलनायकको भूमिकालाई निकै रुचाइएको छ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ८ : ५४ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई