खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते « Khabarhub

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का – सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ। सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन्। उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन्। गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ।

युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। गदाल बिहीबारमात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। गए राति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ। बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। हत्याको कारण भने खुल्न नसकेको डिएसपी गोदारले बताउनुभयो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  १० : ०६ बजे

महाधिवेशन यात्राको सुरुवात हो, अब ऊर्जाशील कांग्रेस लिएर अघि बढ्छौँ : विश्वप्रकाश शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जारी १५औँ महाधिवेशन

दसैँ नजिकिएसँगै न्यूरोडमा बढ्यो किनमेल गर्नेको भीड (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँको न्यूरोड क्षेत्रमा किनमेल गर्ने सर्वसाधारणको भीड

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र