विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ परेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी ६२० ग्रामसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ स्थायी वतन भएका ४१ वर्षीय तेम्बा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

थाई लिओन एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाईल्याण्डको बैंककतर्फ प्रस्थान गर्न लगेका शेर्पालाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कैलालीको टीकापुर नगरपालिका-९ खर्गौलाबाट अवैध लागूऔषध  खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्रामसहित  जानकी गाउँपालिका-४ जानकी नगर बस्ने २१ वर्षीय दिपेश चन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

सुनसरीको धरान उपमहानगरपालिका-८ गौरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १२० क्याप्सुल, स्पासपेन १ सय ३० क्याप्सुलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षीय काजी कुमार राई र उनकै श्रीमती ३५ वर्षीया रमा राई रहेका छन् । इलाका प्रहरी कार्यालय  धरान  र अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकपोईन्टबाट ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५ सय  मिलिग्राम, नाइट्राभेट ८ ट्याब्लेट र कोरेक्स ५० एमएलसहित कोहलपुर नगरपालिका-१२ बस्ने २४ वर्षीय सुवास पुनलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  

सिरहा, भगवानपुर गाउँपालिका-२ गम्हरियाबाट नियन्त्रित लागूऔषध डाईजोपाम, फेनारगन, ब्युफ्रेनोरफिन गरी जम्मा ८४ एम्पुलसहित सोही ठाउँ बस्ने २० वर्षीय मोहमद सागिर सेखलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका-४  बस्ने २९ वर्षीय लोकेन्द्र राना मगर र २० वर्षीय पारस बासीलाई रेक्सोजेसिक १ सय ५८ एम्पुल, डाइजेपामएम्पुलफेनारगन १ सय ५८ एम्पुलसहित प्रहरीले पक्राउ गरेको छ ।  सोही ठाउँस्थित पसलभित्र रहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  १ : २८ बजे

अमेरिकी राष्ट्रपति बाइडेन लडेपछि…

बासिङटन डिसी – अमेरिकी राष्ट्रपति जो बाइडेन लडेका छन्। कोलोराडोमा

गर्मीले सिरहाको जनजीवन प्रभावित, केही विद्यालय बन्द

सिरहा– अत्यधिक गर्मीका कारण सिरहालगायत मधेश क्षेत्रको जनजीवन कष्टकर बनेको

प्रधानमन्त्री प्रचण्डले दर्शन गर्ने महाकालेश्वर मन्दिरबारे थाहा पाउनुहोस्

काठमाडौँ – महाकाल मन्दिर पहिलो पटक कहिले अस्तित्वमा आयो भन्न

दाँतको हेरचाह र उपचार

काठमाडौं – अहिले धेरै मानिसको दाँतमा किरा लागेर साह्रै दुःख

शरणार्थी प्रकरण : बालकृष्ण र रिजालको बयान आज

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाण,