अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान « Khabarhub

अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज न्युजिल्याण्ड प्रस्थान गरेका छन् ।

न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् । तेञ्जिङनोर्गे शेर्पा र एडमिन हिलारीले पहिलो पटक सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेका अवसरमा सोमबार न्युजिल्याण्ड आयोजना गरिने सभालाई अध्यक्ष नेपालले विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्ने जनाइएको छ । 

उनले न्युजिल्याण्ड सरकारका प्रतिनिधिसँग दुई देशीय हितका पक्षमा छलफल गर्नेछन् । करिब एक साताको भ्रमणका क्रममा अध्यक्ष नेपाल अष्ट्रेलियाको सिड्नीमा गैरआवासीय नेपाली सङ्घ तथा प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् ।

 दुवै मुलुकको भ्रमणका क्रममा उनले विभिन्न नेतागण, त्यहाँस्थित नेपाली समुदाय, पार्टी निकट प्रवासी नेपाली एकता मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नेछन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका विभिन्न तहका नेताले बिदाइ गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ४ : ३१ बजे

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस १५औँ महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ