चीन र भुटानबीच सीमासम्बन्धी बैठक सम्पन्न | Khabarhub Khabarhub

चीन र भुटानबीच सीमासम्बन्धी बैठक सम्पन्न


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

थिम्पु- चीन र भुटानबीच सीमासम्बन्धी बैठक सम्पन्न भएको छ । गत बुधबार र बिहीबार भुटानको राजधानी थिम्पुमा चीन–भुटान सीमासम्बन्धी १२ औँ विज्ञ समूह बैठक (इजीएम) भएको हो ।

बैठकमा चीनको कुन्मिङमा भएको ११औँ बैठकमा भएको सकारात्मक सहमतिको समीक्षा गर्दै दुई देशबीचको सीमा वार्तालाई तीव्रता दिने तीन चरणको मार्गचित्रलाई कार्यान्वयनमा लैजान भएका प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका थिए । मैत्रीपूर्ण वातावरणमा भएको बैठकमा चीन–भुटान सीमासमबन्धी सबै विषयमा गहन छलफल भएको थियो ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामिलासम्बन्धी विभागका महानिर्देशक होङ लियाङले गरेका थिए ।

भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भुटानको अन्तर्राष्ट्रिय सीमा सचिव लेथो तोब्धेन ताङ्बीले गरेका थिए । समूहको अर्को बैठक आपसी सहमतिमा दुवै पक्षलाई सहज हुने मितिमा बेइजिङमा आयोजना गर्न चीन र भुटान सहमत भएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ५ : २३ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको