शरणार्थी प्रकरण : फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ « Khabarhub

शरणार्थी प्रकरण : फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न अर्की अभियुक्त पक्राउ परेकी छन् । अनुसन्धान अघि बढेदेखि फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

काठमाडौँ प्रहरी परिसरका एसपी सिताराम रिजालका अनुसार महर्जनलाई पक्राउ गरेपछि आजै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ ।महर्जनसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार नै अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित पक्राउ परेका १६ जना र पक्राउ नपरेका १७ जनासहित ३३ जनाविरुद्ध मुद्दा चलाइएको छ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ५ : ५३ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना