सत्तापक्षले एमालेमाथि आधारहीन आरोप लगाएर जनतामा भ्रम पार्यो : ओली « Khabarhub

सत्तापक्षले एमालेमाथि आधारहीन आरोप लगाएर जनतामा भ्रम पार्यो : ओली


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले एमालेमाथि आधारहीन आरोप लगाएर जनतामा भ्रम पार्ने काम गरेको बताएका छन् ।

शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा ओलीले सत्तापक्षले नियोजित रुपमा आधारहित आरोप लगाएर संसद जस्तो गरिमामय ठाँउबाट एमालेबिरुद्ध जनतामा भ्रम पार्ने काम गरेको बताएकी हुन् ।

आफूले जिन्दगीभर भ्रष्टाचार अभियान चलाएर आएको भन्दै इमानका शत्रुहरुले तथ्यहिन आरोप लगाउन खोजको उनले बताए ।

अध्यक्ष ओलीले पशुपतिको जलहरी र औषधीमा भ्रष्टाचार भएको विषयमा पुष्टि हुने कुनै आधार नै नभएको भन्दै संसद अवरुद्ध गर्नुपरेको जिकिर गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले र आफू नजिक भएका व्यक्तिहरुको नाम पोल्न लगाएको र प्रचार गर्न लगाएको टिप्पणी गरे ।

शरणार्थी प्रकरणमा एमालेको कुनै संलग्नता नरहेपनि एमालेतर्फ बाढी फर्काउन खोजेको उनको भनाइ छ । ओलीले एक लवर्ष अघि नै शरणार्थी प्रकरणमा उजुरी आएपछि गुपचुप राखेर मिलाउन खोजेको आरोप लगाए । उनले एमालेबिरुद्ध हिलो छ्याप्ने र आरोपित गर्ने प्रयास हुनसक्ने भन्दै सजक हुनुपर्ने बताए ।

उनले आफू पूर्व जादा ढुङ्गा हानेर मार्ने प्रयास गरेपनि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको र सरकारले नै हिंसालाई बढावा गरिरहेको बताए । ओलीले वर्तमान सरकारको भूमिका एमालेको विरुद्धमा काम गर्ने मात्रै रहेको पनि बताए ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ६ : ३५ बजे

एआईजी दाहालले अति संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको