सत्तापक्षले एमालेमाथि आधारहीन आरोप लगाएर जनतामा भ्रम पार्यो : ओली « Khabarhub

सत्तापक्षले एमालेमाथि आधारहीन आरोप लगाएर जनतामा भ्रम पार्यो : ओली


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले एमालेमाथि आधारहीन आरोप लगाएर जनतामा भ्रम पार्ने काम गरेको बताएका छन् ।

शुक्रबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा ओलीले सत्तापक्षले नियोजित रुपमा आधारहित आरोप लगाएर संसद जस्तो गरिमामय ठाँउबाट एमालेबिरुद्ध जनतामा भ्रम पार्ने काम गरेको बताएकी हुन् ।

आफूले जिन्दगीभर भ्रष्टाचार अभियान चलाएर आएको भन्दै इमानका शत्रुहरुले तथ्यहिन आरोप लगाउन खोजको उनले बताए ।

अध्यक्ष ओलीले पशुपतिको जलहरी र औषधीमा भ्रष्टाचार भएको विषयमा पुष्टि हुने कुनै आधार नै नभएको भन्दै संसद अवरुद्ध गर्नुपरेको जिकिर गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले र आफू नजिक भएका व्यक्तिहरुको नाम पोल्न लगाएको र प्रचार गर्न लगाएको टिप्पणी गरे ।

शरणार्थी प्रकरणमा एमालेको कुनै संलग्नता नरहेपनि एमालेतर्फ बाढी फर्काउन खोजेको उनको भनाइ छ । ओलीले एक लवर्ष अघि नै शरणार्थी प्रकरणमा उजुरी आएपछि गुपचुप राखेर मिलाउन खोजेको आरोप लगाए । उनले एमालेबिरुद्ध हिलो छ्याप्ने र आरोपित गर्ने प्रयास हुनसक्ने भन्दै सजक हुनुपर्ने बताए ।

उनले आफू पूर्व जादा ढुङ्गा हानेर मार्ने प्रयास गरेपनि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको र सरकारले नै हिंसालाई बढावा गरिरहेको बताए । ओलीले वर्तमान सरकारको भूमिका एमालेको विरुद्धमा काम गर्ने मात्रै रहेको पनि बताए ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ६ : ३५ बजे

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको