शान्ति सैनिक दिवस : प्रधानसेनापति शर्माद्वारा राष्ट्रसङ्घको झण्डोत्तोलन « Khabarhub

शान्ति सैनिक दिवस : प्रधानसेनापति शर्माद्वारा राष्ट्रसङ्घको झण्डोत्तोलन


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काभ्रे– प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसङ्घको विश्व शान्तिकार्यको उद्देश्य पूरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् ।

काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आज आयोजित अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय शान्ति सैनिक दिवस समारोहमा उनले शान्ति स्थापनामा सेनाको सहभागिताले नेपालको प्रतिष्ठा बढाउन योगदान पुर्‍याएको उल्लेख गरे । 

समारोहमा प्रधानसेनापति शर्माले त्यहाँस्थित वीर स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै राष्ट्रसङ्घ शान्ति सेनाको झण्डोत्तोलन गरे ।

शान्तिकार्य निर्देशक सन्तोषबल्लभ पौडेलले विश्वभर राष्ट्रसङ्घले विश्वशान्ति जस्तो पवित्र कार्यका लागि नेपाली सेनाले देखाएको विशिष्ट आँट, योगदान र बलिदानका लागि मान्यता प्रदान गरेको बताए । समारोहमा प्रधानसेनापति शर्माले विश्व शान्तिकार्यमा परिचालित हुने क्रममा बलिदानी दिने साहसिक सैनिकका परिवार र योद्धालाई पदक र कदरपत्र प्रदान गरी सम्मान गरे ।

राष्ट्रसङ्घको निस्वार्थ शान्तिकार्यमा योगदान पुर्‍याउने मरणोपरान्त सैनिक, प्रहरी र नागरिकलाई राष्ट्रसङ्घका पूर्वमहासचिव ड्याग ह्यामर सोल्डका नाममा स्थापित पदक र प्रमाणपत्र प्रदान गरिएको हो । उक्त सम्मान शान्ति मिसनमा खटिँदाको अवस्थामा वीरगति प्राप्त गर्ने सवारी साधनका प्राविधिक पिताम्बर थापा, सिपाही दीपेन्द्र वस्ती र पशुपति कार्कीका धर्मपत्नीलाई प्रदान गरियो ।

समारोहमा सहसेनानी कैलाशकुमार बस्नेत, जमदार गोविन्द थापा र हुद्दा हिक्मत तामाङलाई सम्मानपत्र प्रदान गरिएको थियो । नेपाली सेनाले विगत ६८ वर्षको अवधिमा विश्वका ४४ शान्ति मिसनमा खटिई योगदान पुर्‍याइसकेको छ । हालसम्म एक लाख ४५ हजार तीन सय ५६ शान्ति सैनिकले राष्ट्रसङ्घको शान्ति पदक प्राप्त गरिसकेका छन् ।

विश्व शान्ति स्थापनाकार्यमा हालसम्म ७२ सैनिकको वीरगति प्राप्त भइसकेको छ भने ६६ जना घाइते भएका छन् । हाल विश्वका विभिन्न मुलुकमा स्थापना भएका १३ शान्ति मिसनमा पाँच सय २९ महिलासहित छ हजार ५७ नेपाली शान्ति सैनिक परिचालित छन् । 

राष्ट्रसङ्घबाट अनुरोध भई आएमा एकै पटक १० हजारको सङ्ख्यामा शान्ति सैनिक खटाउन सक्ने नेपालले यसअघि नै प्रतिबद्धता जनाइसकेको छ । विश्व शान्तिका लागि धेरै सैनिक खटाउने मुुलुकको सूचीमा नेपाल हाल दोस्रो वरियतामा छ ।

वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा शान्ति स्थापनाकार्यका लागि खटिने विश्वका विभिन्न देशका सैनिक तालिमरत छन् । उक्त तालिम केन्द्रलाई ‘सेन्टर अफ एक्सिलेन्स’ का रूपमा विकास गर्ने लक्ष्य छ । उक्त सेन्टरबाट तालिम प्राप्त हाल छ हजार सैनिक कार्यक्षेत्रमा परिचालित छन् ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ७ : १४ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको