लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन सुरु « Khabarhub

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन सुरु


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश प्रमुखबाट प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी र मौजुदा मन्त्रिपरिषद् नियुक्ति र कार्य विभाजनसम्बन्धी प्राप्त पत्र सभामुखले पढेर सुनाएका थिए ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सरकारले कृषि, पर्यटन र रोजगारलाई प्राथमिकतामा राखेर बजेट बनाउनुपर्ने बताए । “प्रदेशको समृद्धि नै अहिलेको आवश्यकता हो । रोजगारी सिर्जना गर्ने मूल लक्ष्य छ”, उनले भने, “सरकारले जनभावनाअनुसार बजेट ल्याउने आशा छ ।”

नेकपा (एमाले)का उपनेता चेतनारायण आचार्यले प्रदेश स्थापना हुँदा बनेको सरकारले प्रदेशको समृद्धिका लागि योजना निर्माण गरेको र सोही योजनालाई आधार मानेर बजेट तथा कार्यक्रम बनाउन सुझाव दिए । उनले अघिल्लो पटक बनेका सरकारले अघि सारेका योजना र तिनको अवस्थाका बारेमा जिज्ञासा राखे ।उनले प्रश्न भने, “पाँच वर्षअघि सारिएका आयोजना अझै किन पूरा हुन सकेन ?”

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक इन्द्रजित थारुले सन्तुलित विकासलाई आधार मानेर सरकारले बजेट तथा कार्यक्रम बनाउनुपर्ने बताए । उनले सरकारले सबैको भावना सम्बोधन गर्न सक्नुपर्ने बताए । “विकास र समृद्धि अहिलेको मूल आवश्यकता हो”, उनले भने, “बजेटले अहिलेको समस्या समाधान गर्ने मार्ग देखाओस ।”

बैठकमा औद्योगिक व्यवसायसम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पेश भएको छ । दोस्रो अधिवेशनको पहिलो बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले उक्त विधेक पेश गरेका थिए । प्रदेशसभाको यही बैठक जेठ १४ गते बस्नेछ ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  १० : ०९ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका