काठमाडौँमा महिला आश्रयसम्बन्धी राष्ट्रिय सम्मेलन « Khabarhub

काठमाडौँमा महिला आश्रयसम्बन्धी राष्ट्रिय सम्मेलन


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा लैङ्गिक हिंसा पीडित तथा प्रभावितका लागि महिला आश्रयसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आश्रय गृह राष्ट्रिय सञ्जाल र साथी संस्थाको आयोजनामा आइतबारदेखि सुरु भएको सम्मेलन मंगलबारसम्म चल्नेछ ।

सम्मेलनले लैङ्गिक हिंसाका समस्यालाई सम्बोधन गर्ने र प्रभावकारी आश्रय गृह सेवामार्फत महिला तथा बालबालिकाको सशक्तीकरणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । 

सम्मेलनमा तीन तहका सरकारका विभिन्न प्रतिनिधि, आश्रय गृह सञ्चालक तथा व्यवस्थापक, एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका प्रतिनिधि, लैङ्गिक विज्ञ, लैङ्गिक हिंसा पीडित तथा प्रभावित, मनोसामाजिक परामर्शकर्ता, पत्रकार महिला, महिला अधिकारकर्मीलगायत दुई सय बढीको सहभागी रहेको छ ।

उद्घाटन कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आश्रय गृहले पीडितलाई हिंसाविरुद्ध आवाज उठाउन सहयोग गर्दै आएको उल्लेख गर्दै विभिन्न सङ्घ संस्थाले आश्रय गृह सञ्चालन गरेर राज्यलाई सघाउँदै आएकामा प्रसंशा गरे। 

साथै उनले हिंसा पीडित महिला तथा बालबालिकालाई न्याय र सशक्तीकरण सुनिश्चित गर्न आश्रयस्थलले दिने सेवाको गुणस्तरमा सुधार गर्नुपर्नेमा जोड दिए ।

सांसद डा. आरजु राणा देउवाले नेपालमा आश्रय आन्दोलनको इतिहासबारे जानकारी गराउँदै यसबाट प्राप्त उपलब्धि, चुनौती र आगामीको योजनाका बारेमा प्रकाश पारिन् ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले घरेलु तथा लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालिकाको जीवन पुनर्निर्माणमा आश्रय सेवाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

साथी संस्थाकी अध्यक्ष सजनी अमात्यले सम्मेलनले महिला आश्रयलाई थप समावेशी बनाउन र महिला तथा बालबालिकाको आवश्यकतालाई सम्बोधन गर्न नीतिगत निर्माणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । 

महिला आश्रय गृह राष्ट्रिय सञ्जालकी संस्थापक उमा राज्यलक्ष्मी शाहले कोभिड–१९ ले आश्रय गृह सञ्चालकलाई सामूहिक अभियानको आवश्यकता महसुस गरेको बताइन् ।

कार्यक्रममा आश्रय गृहसँग सम्बन्धित महत्वपूर्ण विषयका छ समानान्तर विषयगत सत्र र तीन पूर्ण सत्र सञ्चालन हुनेछ । यसमा आश्रय गृह सञ्चालनसम्बन्धी मापदण्ड, नवीनतम मुद्दा, प्रेषण संयन्त्र र पीडित केन्द्रित अवधारणालगायत छन् ।

सम्मेलनले आश्रय गृह सञ्चालकबीचको सहकार्य र समन्वयलाई बढावा दिने, सेवाको गुणस्तर बढाउन, समान आश्रय गृहसम्बन्धी नीति स्थापना गर्ने र साझा सिकाइलाई सहजीकरण गर्ने लक्ष्य राखेको छ । 

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ८ : ०२ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण