६ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही | Khabarhub Khabarhub

६ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ ।

पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले छ वटा इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो ।

महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका लागि पटकपटक समय दिँदा पनि अटेर गरेपछि बाध्य भएर कारबाही प्रक्रियामा जानुपरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।

महानगरले आज इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनी  वर्ल्ड लिंक, भायोनेट, क्लासिक टेक, सुबिसु र डिसहोमलाई कारबाहीस्वरूप दुई हजार पाँच सयका दरले जरिबाना गरेको छ । 

जिल्ला प्रहरी कार्यालय, ओमआश्रमलगायतका स्थानमा केही दिनअघि आगलागी हुँदा ती कम्पनीका तार सडकमै असरल्ल खसेर जोखिमपूर्ण अवस्थामा रहेको जानकारी दिएर हटाउन आग्रह गर्दा पनि सम्बन्धित कम्पनीले हटाउन चासो नदिएपछि महानगरले उनीहरूलाई कारबाही गरिएको जनाएको छ ।

पोलमा गुजुल्टो पारेर जथाभावी टाँगिएको तारका कारण आगलागीका घटना पनि बढिरहेको छ । महानगरले तार व्यवस्थापनमा लामो समयदेखि काम गरिरहेको भए पनि नतिजा हात पार्न सकेको छैन । सम्बन्धित कम्पनीको असहयोगका कारण तार व्यवस्थापन जटिल बनेको र यसले सहरी सौन्दर्यलाई समेत असर गरिरहेको महानगरपालिकाको भनाइ छ ।

जथाभावी तार तान्ने कामलाई निरुत्साहित गर्न महानगरले पटकपटक सम्बन्धित कम्पनीलाई चेतावनी दिएको भए पनि अटेर गर्दै पोलमा तार झुण्ड्याउने क्रमलाई जारी राखेको छ । 

अब कम्पनीले पूर्वस्वीकृति बेगर तार तान्ने र जथाभावी झुण्ड्याउने गरेको भेटिए कडाइका साथ कारबाही गर्ने गरी महानगर जुटेको महानगरको सूचना प्रविधि शाखाका बृजेश प्रधानले बताए ।  

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १० : ५४ बजे

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र

सुनसरीबाट पाँच हजार किलो गाँजा बरामद

धरान– सशस्त्र प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित स्यारसकाली पेट्रोलपम्पबाट पाँच

मन्त्री छान्ने आन्तरिक छलफलमा जेनजी र प्रधानमन्त्री 

काठमाडौं– जेनजी युवा र प्रधानमन्त्री सुशीला कार्की मन्त्री छान्ने आन्तरिक छलफलमा