चट्याङबाट मृत्यु भएको घटनाबारे संसद्लाई जानकारी « Khabarhub

चट्याङबाट मृत्यु भएको घटनाबारे संसद्लाई जानकारी


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभामा दाङ र बागलुङमा चट्याङबाट भएको जनधनको क्षति, बाढीपहिरोका घटना, सप्तरीमा अन्तरजातीय विवाहपछि उत्पन्न विवाद र जिल्ला निर्वाचन कार्यालयको खारेजीसम्बन्धी प्रश्नका विषयले प्रवेश पाएको छ ।

सभामुख देवराज घिमिरेले सदन प्रारम्भ भएको घोषणा गर्नासाथ आकस्मिक समय माग गर्दै सांसद दीपक गिरीले दाङ र बाग्लुङमा चट्याङबाट चार जनाको मृत्यु भएको घटनाबारे बैठकलाई जानकारी गराए ।

दाङमा दुई दिनअघि युवा किसान रामनारायण चौधरी र समीर केसीको चट्याङबाट दुई किसानको मृत्यु भएको तथा रुपा राना घाइते भएको जानकारी दिँदै पीडित परिवारलाई प्रतिपरिवार रु १० लाख राहत उपलब्ध गराउन माग गरे।

केही दिनअघि बागलुङमा दुई बालक दिनेश बिक र सुनिता विकको पनि चट्याङबाट मृत्यु भएको थियो । हरेक वर्ष चट्याङका कारण मृत्यु भइरहेको तथा अघल्लो वर्ष ५५ जनाको चट्याङबाट मृत्यु र एक सय ४४ जना घाइतेको तथ्यांक सदनलाई उनले जानकारी गराए।

हाल सरकारले प्रतिमृतक परिवारलाई क्षतिपूर्ति र राहतबापत दुई लाख उपलब्ध गराउँदै आएको छ । वर्षात्सँगै देशका विभिन्न भागमा भएको बाढी, पहिरो, चट्याङ र सडक दुर्घटनामा प्रदेशमन्त्री लगायतको मृत्यु भएका सबै परिवारजनप्रति उनले श्रद्धाञ्जली व्यक्त गरे ।

सांसद रघुजी पन्तले प्रहरी, प्रशासन र अदालत समेतले आवश्यक ध्यान नपुर्‍याउँदा सप्तरीमा एक जोडी युवायुवती अन्तरजातीय प्रेम विवाह गरिएकै कारण समस्या झेल्न बाध्य बनाइएको घटना सुनाए ।

प्रेममा रहेका युवायुवतीमध्ये कथित माथिल्लो जाति समुदायबाट नक्कली नयाँ जन्म दर्ता बनाई छोरीलाई नाबालक तुल्याएर केटा पक्षलाई दुःख दिने काम भएको जनाउँदै उनले भने, ‘यस घटनामा प्रहरी, प्रशासन, अदालतले पनि ध्यान नपुर्‍याएको देखिन्छ ।’

अन्तरजातीय विवाहपछि उत्पन्न घटनालाई न्यूनीकरण गर्न समाजमा जनचेतना अभिवृद्धि गर्ने कार्यमा राजनीतिक दलले आवश्यक ध्यान नपुर्‍याएको भन्दै नेता पन्तले दोषीलाई कारबाहीको माग गरे। 

सांसद पूर्णबहादुर घर्तीले मनसुन आगमनसँगै मुलुकका विभिन्न भागमा बाढी, पहिरोले क्षति पुर्‍याएको जानकारी दिँदै पुल र सडकमा क्षति पुर्‍याउनुका साथै बस्ती जोखिममा पारेको बताए।

सांसद धनबहादुर बुढाले से–फोक्सुण्डो क्षेत्रमा रहेको गुम्बाबाट  करोडौँ मूल्य बराबरको पुराना गरगहना चोरी भएकाले त्यसको खोजी गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद अब्दुल खाँनले जन्मसिद्धलाई नागरिकता प्रदान गर्ने विषयलाई सरल र सहज तुल्याउन माग गरे । सांसद रमा कोइरालाले संसद् भवनको मूलद्वार नजिक सधैँभरि रित्ता बाल्टिनु देख्न परेको र त्यसले सुरुमै अशुभको लक्षण दिने गरेकाले त्यसको व्यवस्थापन गर्न सुझाव दिए ।

संसद् भवनको एक पाखामा पानी चुहिएने भएकाले पानी थाप्न ती बाल्टिन प्रयोग भएको हुनसक्ने बताउँदै उनले राज्यको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको उक्त भवनको संरक्षणका लागि विशेष ध्यान पुर्‍याउन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १२ : ४७ बजे

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्री राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३

भोटेकोशीको बाढी : २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति

काठमाडौँ – भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको