द सेक्रेट्स अफ राधालाई अमेरिकामा अवार्ड « Khabarhub

द सेक्रेट्स अफ राधालाई अमेरिकामा अवार्ड


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘द सेक्रेट्स अफ राधा’ले अमेरिकामा सम्पन्न नेपाल-अमरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट फिचर कथानक चलचित्र’ विधाको अवार्ड जितेको छ । यो फिल्मका निर्देशक सुवर्ण थापा हुन् ।

यसैगरी सुजित बिडारीले निर्देशन गरेको फिल्म ‘ऐन झ्लायको पुतली’ र पाकिस्तानी निर्देशक साइम सदिकले निर्देशन गरेको जोयलेण्डले मानार्थ पुरस्कार प्राप्त गरेको छ । यसैगरी उत्कृष्ट छोटो कथानक चलचित्र पुरस्कार सन्तोष दाहालको ‘द मिराज’ले प्राप्त गरेको छ भने सूर्य शाहीद्धारा निर्देशत ‘ह्वील्स अन द बस’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ ।

महोत्सवमा उत्कृष्ट फिचर वृत्तचित्र पुरस्कार सनी लियुद्धारा निर्देशत ‘पियोना म्यान’ र अमेरिकी निर्देशक न्यान्सी स्पेस्डेनले निर्देशन को ‘पासाङः द स्याडो अफ एभरेष्ट’ले प्राप्त गरेका छन् भने सचिन घिमिरेले निर्देशन गरेको वृत्तचित्र ‘इन्टू द मिस्ट’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ । वृत्तचित्र विधातर्फ उत्कृष्ट वृत्तचित्रको पुरस्कार श्रीष् कुँवरद्धारा निर्देशित ‘मेरो बुबा’ले प्राप्त गरेको छ भने भारतका मिधुनजी बाबुको ‘डु डक्स माइग्रेन’ले मानार्थ पुरस्कार पाएको छ ।

महोत्सवले प्रदान गर्ने इम्पावरमेन्ट अवार्ड अस्कर अवार्डमा नोमिनेशन भएको फिल्म ‘कमिङ आउट वीद द हेल्प अफ टाइम मेसिन’ले प्राप्त गरेको छ भने ‘ह्वेर द विण्डो डाइ’ले फ्रिडम अफ एक्सप्रेशन अवार्ड प्राप्त गरेको छ । महोत्सवका निर्णायक अमेरिकाका निना सटाइकन, रेबेका बुस्तमान्ते र इरानका फरिद बोजमेरले विभिन्न ११ देशका ३७ ओटा चलचित्र मध्येबाट ती फिल्म पुरस्कारका लागि छनौट गरेका थिए ।

एएफआई सिल्भर थियटर र ८० वर्षदेखि सञ्चालनमा रहेको वल्र्ड ग्रिनबेल्ट थियटरमा फिल्म प्रदर्शन गरिएका थिए । महोत्सवमा फिल्म प्रदर्शनका साथसाथै ‘इन्भेस्टिङ इन साउथएशियन स्टोरिज’विषयमा अन्तरक्रिया गरिएको थियो । छलफलमा भारत कलाकार तथा चलचित्र निर्माता,पाकिस्तानका कलाकार तथा निर्देशक नूर नग्मीर नेपालका निर्देशक तथा लाकार सुवर्ण थापा सहभागी थिए । छलफलको सहजकर्ता नेपाल अमेरिका चलचित्र केन्द्रका सहसंस्थापक किर्तना बाँस्कोटाले गरेकी थिइन ।

यसैगरी ग्रिन बेल्ड वल्र्डबेल्ट थिएटरमा अमेरिकन चलचित्र निर्माता र अस्वेत चलचित्रकर्मीबीच छलफल गरिएको थियो । रेड कार्पेटसहित ऐना झ्यालको पुतलीको प्रदर्शनबाट जुन २२ मा सुरु भएको महोत्सवमा नायक राजेश हमाल, सहयोगी संस्था ग्लोबलपिस फिल्म फेस्टिबलका प्रतिनिधि, अमेरिकामा रहेका नेपाली चलचित्रकर्मी, मेरिल्याण्ड गभर्नर अफिस, मेरिल्याण्ड फिल्म अफिस, मेरिल्याण्ड पार्कस् एण्ड रिक्रियशनका फिल डेभिसलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ३ : ३९ बजे

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका