उपत्यका अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन निर्देशन | Khabarhub Khabarhub

उपत्यका अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन निर्देशन


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपत्यका अस्पतालका निर्देशकलाई स्वास्थ्य सेवा प्रवाह व्यवस्थित बनाउन निर्देशन दिएका छन् । उनले आज मन्त्रालयमा उपत्यकाका अस्पतालका निर्देशकहरूलाई सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न कुनै कमी हुन नदिन निर्देशन दिए। 

मन्त्री बस्नेतले कूल शय्याको १० प्रतिशत शय्या गरिबी, असहाय, विपन्न नागरिकलाई निःशुल्क व्यवस्था गर्न र सेवा प्रवाहका लागि व्यवस्था मिलाउन आवश्यक कार्यहरू गर्न तथा कुनै पनि बिरामीको उपचार सेवाबाट वञ्चित हुन परेको कुरा आफूले सुन्न नपर्ने गरी काम गर्न निर्देशनसमेत दिए। 

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावल, कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौला, सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी र राष्ट्रिय ट्रमा सेन्टरका डा बद्री रिजालले सो अवसरमा सहभागी थिए ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ६ : ३७ बजे

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् ।

पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा

बागमती– हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका विभिन्न स्थानीय तहमा किसानले पालेका पशु