गाउँसभाको बैठकमै कुटाकुट, अध्यक्षसहित ६ जना घाइते « Khabarhub

गाउँसभाको बैठकमै कुटाकुट, अध्यक्षसहित ६ जना घाइते


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गाउँसभाको बैठक चलिरहँदा भएको कुटपिटको घटनापछि कैलालीको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिका कार्यालयको सेवा प्रवाह ठप्प भएको छ । घटनापछि त्यहाँ बस्ने वातावरण नभएको भन्दै कर्मचारी तराईतर्फ हिँडेपछि काम ठप्प भएको हो ।

गाउँपलिकाको कार्यालय सार्नेसम्बन्धी प्रस्ताव आइतबार बसेको गाउँसभाले दुई तिहाइ बहुमतले पारित गरेलगत्तै असन्तुष्ट स्थानीय केही व्यक्ति कुटपिट र हात हालाहालमा उत्रिएका थिए । “कुटपिटको घटनापछि त्यहाँ बस्ने वातावरण नै भएन, घटनालगत्तै कोही मोटरसाइकलमा र कोही पैदल हिँडेर गाउँ छाड्नु पर्यो”, एक कर्मचारीले भने, “सबै हिँडेपछि कार्यालयको सेवा प्रवाह रोकिएको छ ।”

आक्रमणबाट गाउँपालिका उपाध्यक्ष कमल साउद र वडा नं २ र ७ का अध्यक्षसहितका ६ जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको छ ।

आक्रोशितको ढुङ्गा प्रहारबाट कार्यालयको नवनिर्मित भवनमा क्षति पुगेको छ । हाल खिमडी भन्ने ठाउँमा रहेको गाउँपालिकाको कार्यालय वडा–१ को भकुण्डे भन्ने ठाउँमा सार्ने प्रस्ताव पारित भएको जनाइएको छ । खिमडी क्षेत्रबाट कार्यालय सबैको पायक पर्ने ठाउँमा सार्नुपर्ने माग विगतदेखि नै हुँदै आएको थियो ।

भौगोलिक विकटता र सडक पूर्वाधारको अभावका कारण यो गाउँपालिकाको कार्यालय विगतमा मैदानी फाँटको सुक्खड बजारमा सञ्चालनमा ल्याई सेवाप्रवाह गर्ने गरिएको थियो । केही वर्ष धनगढीबाट पनि गाउँपालिका कार्यालयले सेवाप्रदान गरेको थियो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ९ : ४१ बजे

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म

बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी

मकवानपुर– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को