गाउँसभाको बैठकमै कुटाकुट, अध्यक्षसहित ६ जना घाइते « Khabarhub

गाउँसभाको बैठकमै कुटाकुट, अध्यक्षसहित ६ जना घाइते


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गाउँसभाको बैठक चलिरहँदा भएको कुटपिटको घटनापछि कैलालीको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिका कार्यालयको सेवा प्रवाह ठप्प भएको छ । घटनापछि त्यहाँ बस्ने वातावरण नभएको भन्दै कर्मचारी तराईतर्फ हिँडेपछि काम ठप्प भएको हो ।

गाउँपलिकाको कार्यालय सार्नेसम्बन्धी प्रस्ताव आइतबार बसेको गाउँसभाले दुई तिहाइ बहुमतले पारित गरेलगत्तै असन्तुष्ट स्थानीय केही व्यक्ति कुटपिट र हात हालाहालमा उत्रिएका थिए । “कुटपिटको घटनापछि त्यहाँ बस्ने वातावरण नै भएन, घटनालगत्तै कोही मोटरसाइकलमा र कोही पैदल हिँडेर गाउँ छाड्नु पर्यो”, एक कर्मचारीले भने, “सबै हिँडेपछि कार्यालयको सेवा प्रवाह रोकिएको छ ।”

आक्रमणबाट गाउँपालिका उपाध्यक्ष कमल साउद र वडा नं २ र ७ का अध्यक्षसहितका ६ जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको छ ।

आक्रोशितको ढुङ्गा प्रहारबाट कार्यालयको नवनिर्मित भवनमा क्षति पुगेको छ । हाल खिमडी भन्ने ठाउँमा रहेको गाउँपालिकाको कार्यालय वडा–१ को भकुण्डे भन्ने ठाउँमा सार्ने प्रस्ताव पारित भएको जनाइएको छ । खिमडी क्षेत्रबाट कार्यालय सबैको पायक पर्ने ठाउँमा सार्नुपर्ने माग विगतदेखि नै हुँदै आएको थियो ।

भौगोलिक विकटता र सडक पूर्वाधारको अभावका कारण यो गाउँपालिकाको कार्यालय विगतमा मैदानी फाँटको सुक्खड बजारमा सञ्चालनमा ल्याई सेवाप्रवाह गर्ने गरिएको थियो । केही वर्ष धनगढीबाट पनि गाउँपालिका कार्यालयले सेवाप्रदान गरेको थियो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ९ : ४१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा