संघीय निजामती सेवा ऐन छिटै अघि बढ्छ : मन्त्री मोदी | Khabarhub Khabarhub

संघीय निजामती सेवा ऐन छिटै अघि बढ्छ : मन्त्री मोदी


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिटै अघि बढ्ने बताए ।

सोमबार प्रतिनिधिसभाको बैठकमा आफ्नो मन्त्रालयको बजेटमाथि आएका जिज्ञासाको जवाफ दिदै मन्त्री मोदीले संविधान अनुसार प्रशासनलाई अघि बढाउनका लागि संघीय निजामती सेवा ऐन छिटै अघि बढ्ने बताए हुन् । अहिले उक्त ऐन परामर्शका लािग अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा रहेकाले परामर्शसहित प्राप्त भएपछि सदनको चालू अधिवेशनमा नै पेश गर्ने उनले बताए।

मन्त्री मोदीले संघीय निजामती सेवा ऐनमा देखिएका समस्या समाधानका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको नेतृत्वमा कार्यदलसमेत गठन भएको उल्लेख गरे । उनले सुशासन र कर्मचारी व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन पहल भइरहेको, सुगम स्थानमा मात्रै बस्ने र दुर्गममा नजाने कर्मचारीको व्यवस्थापनका लागि एक कार्यदल गठन गरिएको जानकारी दिए ।

मन्त्री मोदीले चालू आर्थिक बर्षमा आफ्नो मन्त्रालयको बजेट घटेर आएकाले माग अनुसार कार्यक्रम तर्जुमा गर्न कठिन भएको बताए ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १० : ११ बजे

नेपालसँग भिड्ने वेस्ट इन्डिजको टिम घोषणा : को को छन् खेलाडी ?

काठमाडौं – क्रिकेट वेस्ट इन्डिजले नेपालसँगको टी-२० सिरिज खेल्ने टिमको

‘हेरा फेरी– ३’ बाट बाहिरिँदा तनाव बढेको परेश रावलको स्वीकारोक्ति

काठमाडौं– बलिउडको लोकप्रिय कमेडी फ्रेन्चाइज ‘हेरा फेरी’ को तेस्रो भाग

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं– विसं २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन

पर्सा– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९

नेपाल र वेस्ट इन्डिज सिरिज रोमाञ्चक हुने स्टार क्रिकेटर बिशोपको भनाइ

काठमाडौं – नेपाल र वेस्ट इन्डिजबीचको सिरिजको पूर्व स्टार क्रिकेटर