दार्चुलाका नौ स्थानीय तहमध्ये आठ पालिकाले ल्याए बजेट « Khabarhub

दार्चुलाका नौ स्थानीय तहमध्ये आठ पालिकाले ल्याए बजेट


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नौवटा स्थानीय तह रहेको दार्चुलामा आठवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कानूनी व्यवस्थाअनुसार असार १० गतेसम्म बजेट पेस गरिसक्नुपर्ने नियमानुसार जिल्लाको शैल्यशिखर नगरपालिका बाहेकका आठवटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका हुन् ।

शैल्यशिखर नगरपालिकाले भने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कानूनी व्यवस्थाअनुसार आइतबार असार १० गते बजेट ल्याउन सकेको छैन । विविध समस्याका कारण समयमै बजेट ल्याउन नसकिएको नगर उपप्रमुख शान्ति खडायतले बताए । जिल्लाका अन्य स्थानीय तहले भने नियमानुसार असार १० गतेभित्रै बजेट पेस गरिसकेका छन् ।

जिल्लाको लेकम, मार्मा, अपी हिमाल, मालिकार्जुन, नौगाड, व्याँस गाउँपालिका तथा महाकाली नगरपालिकाले असार १० गते बजेट ल्याएका छन् भने दुहूँ गाउँपालिकाले यसअघि असार ७ गते नै बजेट सार्वजनिक गरिसकेको छ ।

जिल्लाको महाकाली नगरपालिकाले आगामी आर्थिक वर्षको २०८०/८१ का लागि रु ६३ करोड २३ लाख ९७ हजार छ सय ६० को बजेट नगरसभामा पेस गरेको छ ।

त्यस्तै, जिल्लाको मालिकार्जुन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ५९ करोड १३ लाख ६४ हजारको बजेट गाउँसभामा पेस गरेको छ ।

त्यस्तै, लेकम गाउँपालिकाले रु ४८ करोड ९७ लाख ५७ हजार चार सय, दुहूँ गाउँपालिकाले रु ३६ करोड चार लाख ७० हजार छ सय तथा अपी हिमाल गाउँपालिकाले रु ३० करोड ५० लाख ९७ हजारको बजेट गाउँसभामा पेस गरेका छन् ।

त्यस्तै, जिल्लाको नौगाड गाउँपालिकाले रु ४० करोड ७६ लाख ४७ हजार पाँच सय, व्याँस गाउँपालिकाले रु ३८ करोड ४५ लाख २४ हजार सात सय र मार्मा गाउँपालिकाले रु ४० करोड ३३ लाख ६१ हजारको बजेट गाउँसभामा पेस गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १० : २३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र