मकवानपुरमा छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली « Khabarhub

मकवानपुरमा छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९-८० मा विभिन्न स्रोतको राजस्वतर्फ रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ । 

कार्यालयले अन्तःशुल्कतर्फ तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब नौ करोड पाँच लाख १९ हजार र आयकर रु एक अर्ब १० करोड ६५ लाख ४७ हजार राजस्व असुली गरिएको जनाएको छ । 

यसैगरी, कार्यालयले स्वास्थ्य सेवा करतर्फ ६६ करोड ४० लाख ७५ हजार, ब्याजकरतर्फ रु छ करोड ३५ हजार, घरबाहलतर्फ स्रोतमा रु दुई करोड ५१ लाख ६१ हजार र शिक्षाकरतर्फ सात हजार मात्र  राजस्वबापत सो कार्यालयले कर असुली गरेको छ । 

कार्यालयले अघिल्लो आव २०७८-७९ को तुलनामा गत आवमा वार्षिक लक्ष्यभन्दा करिब रु ४० करोड १४ लाख ४७ हजार थप रकम आम्दानी गरिएको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत अवधेशकुमार यादवले जानकारी दिनुभयो । कार्यालयले अघिल्लो आव २०७८-७९ मा रु छ अर्ब २७ करोड ७४ लाख १४ हजार कूल राजस्व असुली गरेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ४ : ४५ बजे

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि