मकवानपुरमा छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली « Khabarhub

मकवानपुरमा छ अर्ब ६० करोड आन्तरिक राजस्व असुली


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९-८० मा विभिन्न स्रोतको राजस्वतर्फ रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ । 

कार्यालयले अन्तःशुल्कतर्फ तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब नौ करोड पाँच लाख १९ हजार र आयकर रु एक अर्ब १० करोड ६५ लाख ४७ हजार राजस्व असुली गरिएको जनाएको छ । 

यसैगरी, कार्यालयले स्वास्थ्य सेवा करतर्फ ६६ करोड ४० लाख ७५ हजार, ब्याजकरतर्फ रु छ करोड ३५ हजार, घरबाहलतर्फ स्रोतमा रु दुई करोड ५१ लाख ६१ हजार र शिक्षाकरतर्फ सात हजार मात्र  राजस्वबापत सो कार्यालयले कर असुली गरेको छ । 

कार्यालयले अघिल्लो आव २०७८-७९ को तुलनामा गत आवमा वार्षिक लक्ष्यभन्दा करिब रु ४० करोड १४ लाख ४७ हजार थप रकम आम्दानी गरिएको आन्तरिक राजस्व कार्यालयका कर अधिकृत अवधेशकुमार यादवले जानकारी दिनुभयो । कार्यालयले अघिल्लो आव २०७८-७९ मा रु छ अर्ब २७ करोड ७४ लाख १४ हजार कूल राजस्व असुली गरेको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ४ : ४५ बजे

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै