‘चिनियाँ खेलकुद भ्रष्टाचारको चपेटामा’ « Khabarhub

‘चिनियाँ खेलकुद भ्रष्टाचारको चपेटामा’


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा गौरव र गरिमाको प्रतीक मानिने खेलकुदका क्षेत्र भ्रष्टाचारको चपेटामा परेसँगै विवादमा तानिएको छ । विश्व खेलकुद मञ्चमा अग्रपङ्क्तिमा रहेको चीन पछिल्ला केही वर्षयता भ्रष्टाचारका काण्डले ओजविहीन बनेको छ ।

साउथ चाइना मर्निङ पोष्टले हालै सार्वजनिक गरेको एक विवरणअनुसार लोकप्रिय खेल फुटबल राजनीतिक नेतृत्वको प्रोत्साहनका कारण उच्च स्थानमा रहेकामा पछिल्लो समय सतहमा आएका विविध विवाद र भ्रष्टाचारका विषयले साख जोगाउन हम्मेहम्मे परेको छ ।

चिनियाँ फुटबल सङ्घका दुई जना अधिकारीलाई भ्रष्टाचारको मुद्दामा अनुशासन समिति र खेलकुद नियामक निकायले कारबाही प्रक्रिया अघि बढाएपछि लोकप्रिय खेल फुटबलसँग सम्बन्धित समस्या सतहमा सार्वजनिक भएका हुन् । खेलकुद नियामक निकायले पनि अनुसन्धानलाई तीव्र गतिमा अघि बढाएको छ । विशेषगरी पुरुष फुटबल प्रतियोगितामा भ्रष्टाचार भएको उक्त निकायको ठहर छ ।

यद्यपि महिला फुटबलको नतिजा सन्तोषजनक र निर्विवाद रहेको छ । फुटबलको सबैभन्दा ठूलो प्रशिक्षण प्रतिष्ठानका उच्च अधिकारी पनि भ्रष्टाचारमा मुछिएका छन् भने उनीहरुलाई प्रशिक्षणको जिम्मेवारीबाट हटाइएको छ । चिनियाँ फुटबल महासङ्घले ग्वान्जाउको  फुटबल सङ्घलाई उसका प्रशिक्षार्थीहरूको खराब प्रदर्शनका कारण निलम्बन गरिएको  छभने आगामी वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा वैकल्पिक व्यवस्था गर्नुपर्ने सृजना भएको छ ।

महासङ्घले आगामी एक वर्षभित्रमा सङ्घको संस्थागत संरचना तयार गर्न सम्बन्धित पदाधिककारीलाई निर्देशन दिएको छ । ‘म्याच फिक्सिङ’ लगायत फुटबलसँग सम्बन्धित भ्रष्टाचारका काण्डले चीनको गौरव घटाएको पूर्वराष्ट्रिय प्रशिक्षक ली तेइले बताएका छन् । चीनको भ्रष्टाचार विरोधी निकायले राजनीतिक भ्रष्टाचार विरोधी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

ग्वान्जाउ फुटबल सङ्घका अध्यक्षसहित छ जनालाई ‘म्याच फिक्सिङ’ को अभियोगमा निलम्बन गरिएको छ । फुटबल खेलमा निरन्तर बढीरहेका भ्रष्टाचार नियन्त्रण गर्न चीनले समयमै प्रभावकारी उपाय नअपनाए अन्तरराष्ट्रिय जगत्मा कमाएको प्रतिष्ठा धुमिल हुने खेल क्षेत्रका विज्ञले बताएका छन् ।

गत शीतकालीन ओलम्पिकका बेला स्केटिङमा भएको अनियमिताका बारेमा दक्षिण कोरियाली खेलाडीले गरेको उजुरीलाई पनि पाठका रुपमा लिनुपर्ने उनीहरूको कथन छ ।

यसैबीच, चिनियाँ कम्युनिष्ट पार्टीको २४ सदस्यीय पोलिटब्युरो स्थायी समिति तथा देशको सर्वोच्च नीतिनिर्माता निकायले भ्रष्टाचारका साथै कुनै किसिमका अनियमितता हुन नदिने प्रतिबद्धता व्यक्त गरेको  पार्टीको मुखपत्र पिपुल्स डेलीले जनाएको छ । राष्ट्रपति सी चीनफिङले सुशासन कायम गर्न दिएको  निर्देशनको पालना भए/नभएको नियमितरूपमा अनुगमन गरिनेछ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ५ : २६ बजे

सरकारले जनताको म्याण्डेड विपरीतको काम गरे प्रतिवाद गर्छौँ : कुलमान

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको

युद्धविराम प्रयासबीच पनि लेबनानमा इजरायली आक्रमण जारी, सात जनाको मृत्यु

बेरुत – संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा अघि बढाइएको युद्धविराम प्रयासबीच

गर्मी बढेपछि महोत्तरीका विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी– महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको

हुम्लामा आगलागीबाट २० लाख बराबरको क्षति

हुम्ला– गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले घर