निर्मला हत्या प्रकरण : पाँच वर्ष बित्यो, अझै मुद्दाको टुङ्गो लागेन | Khabarhub Khabarhub

निर्मला हत्या प्रकरण : पाँच वर्ष बित्यो, अझै मुद्दाको टुङ्गो लागेन


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको भीमदत्तनगरपालिका-उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आज पाँच वर्ष पुगेको छ । तर अझै पनि मुद्दाको टुङ्गो लागेको छैन । 

विसं २०७५ साउन १० गते साथीको घरमा विद्यालयको गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । शव परीक्षणमा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

उक्त घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै देशभर आन्दोलन हुनुका साथै उक्त मुद्दा अन्तर्राष्ट्रियस्तरमा पनि चर्चाको विषय बनेको थियो । यस प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीले विभिन्न छुट्टैछुट्टै छानबिन समिति गठन भए । तर हालसम्म पनि प्रहरी अपराधीसम्म प्रहरी पुग्नसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले प्राथमिकतामा साथ अनुसन्धान गरिरहेको जानकारी बताउँछन् । ‘अहिले पनि घटनाको निरन्तर अनुसन्धान भइरहेको छ’, उनले भने, ‘जिल्ला प्रहरी र सिआईबीको टोली अहिले पनि अनुसन्धानमा खटिएको छ ।’ प्रहरीले अहिले पनि घटनामा शंकास्पद व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ ।

घटनाको दोषी पत्ता लगाउन प्रहरीले अहिलेसम्म एक सय २३ जनाको डीएनए परीक्षण गरिसकेको छ । निर्मलाको न्यायका लागि सडकदेखि सदनसम्म जोडतोडका साथ आवाज उठ्यो । न्यायको लडाइका लागि निर्मलाका आमाबुवा महेन्द्रनगरदेखि काठमाडौँसम्म धाए पनि न्याय प्राप्त भएको छैन । 

घटना भएको एक महिनापछि २०७५ भदौ ४ मा जिल्ला प्रहरी कार्यालयले भीमदत्तनगरपालिका– १९ बागफाटाका दिलीप विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्ररूप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ५ : ३९ बजे

फलफूल, पशुपक्षी र मत्स्यपालनमा आत्मनिर्भर हुने सरकारको घोषणा

काठमाडौं– सरकारले फलफूल, पशुपक्षी र मत्स्यपालनमा आत्मनिर्भर हुने घोषणा गरेको

विश्वकप छनोटको युएईविरुद्ध खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको

बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

काठमाडौं– सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका

गिरिबन्धु टि–स्टेटबारे सर्वोच्चको फैसला कार्यान्वयन गर्न गगनको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरिबन्धु टि–स्टेटको

शेयर बजारले पार गर्‍यो मनोवैज्ञानिक विन्दु, २८.६२ अंकको वृद्धि

काठमाडौं – नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले मनोवैज्ञानिक भनिएको २००० विन्दु