तिलगंगा सिटी आइ सेन्टरको सेवा शुभारम्भ « Khabarhub

तिलगंगा सिटी आइ सेन्टरको सेवा शुभारम्भ


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आँखा स्वास्थ्य सेवा एकै ठाउँबाट दिने उद्देश्यले चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आई सेन्टरको उद्घाटन गरिएको छ।

सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्यातिप्राप्त चिकित्सकको समूहबाट आँखाका सम्पूर्ण विशेषज्ञतासहित यो सेन्टर शनिबारदेरखि सञ्चालनमा आएको हो ।

सेन्टरको उद्घाटन तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइत साथै प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले संयुक्त रुपमा गरेका हुन् ।

सेन्टरले आँखा सम्बन्धी विभिन्न जटिलताको निदान र उपचारको लागि विभिन्न सेवाहरू प्रदान गर्ने जनाइएको छ । आँखा सम्बन्धी उन्नत निदान उपकरणहरुका साथै दक्ष कर्मचारीहरुद्वारा आँखाको जाँच गरिने पनि सेन्टरले जनाएको छ ।

नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाहरू प्रदान गर्ने, मोतिबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको रोगहरुको उपचार, आँखाको सौन्दर्य सम्बन्धी र अल्छि आँखाको व्यवस्थापन साथै कन्ट्याक्ट लेन्स र भीजन थेरापीको सेवासुविधाहरु पनि सेन्टरले प्रदान गर्नेछ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ३ : ४८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण