‘ग्लोबल साउथ’ कूटनीतिक शब्द मात्र होइन : प्रधानमन्त्री मोदी « Khabarhub

‘ग्लोबल साउथ’ कूटनीतिक शब्द मात्र होइन : प्रधानमन्त्री मोदी


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जोहन्नेसबर्ग- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ग्लोबल साउथ’ एक कूटनीतिक शब्द मात्र नभएर उपनिवेशवाद र रङ्गभेदविरुद्ध यी देशहरूको साझा इतिहासको प्रतिनिधित्व गर्ने आन्दोलन भएको बताएका छन् ।

दक्षिण अफ्रिकी राजधानीमा आयोजित ‘ब्रिक्स–अफ्रिका आउटरिच एण्ड ब्रिक्स प्लस डायलग’लाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ब्रिक्स राष्ट्र र शिखर सम्मेलनमा उपस्थित सबै मित्रराष्ट्रले बहुध्रुवीय विश्वको सुदृढीकरणमा योगदान गर्न सक्ने बताए ।

“अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका नेताहरूसँग विचार आदानप्रदान गर्ने अवसर दिनुभएकोमा म दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाप्रति आभारी छु । पछिल्लो दुई दिनमा हामीले ग्लोबल साउथका देशहरूको प्राथमिकता र चासोमा ध्यान केन्द्रित गरेका छौं ।’’ उनले भने, “उहाँहरूलाई महत्व दिनु अहिलेको पुस्ताको आवश्यकता हो भन्ने हाम्रो मान्यता हो ।”

“हामीले ब्रिक्सको विस्तारमा पनि निर्णय गरेका छौं । हामी सबै नयाँ साझेदार देशहरूलाई स्वागत गर्दछौं । यो विश्वव्यापी संस्था र मञ्चलाई प्रतिस्पर्धी बनाउने दिशामा अर्को कदम हो ।” प्रधानमन्त्री मोदीले भने ।

प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकी भूमिमा महात्मा गान्धीले भारतको स्वतन्त्रता सङ्ग्राममा प्रयोग गरिएको अहिंसा र शान्तिपूर्ण प्रतिरोधको अवधारणाको विकास, परीक्षण गरेको स्मरण गरे ।

ब्रिक्स र आज उपस्थित सबै मित्र राष्ट्रहरूले बहुध्रुवीय विश्वलाई बलियो बनाउन योगदान दिन सक्ने उनले बताए ।

प्रधानमन्त्री मोदीले अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स युएईका नेता तथा जनतालाई ब्रिक्सको पूर्ण सदस्यताका लागि बधाई दिँदै सङ्गठन विस्तारमा भारतले सदैव समर्थन गरेको बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १२ : २१ बजे

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला