‘ग्लोबल साउथ’ कूटनीतिक शब्द मात्र होइन : प्रधानमन्त्री मोदी « Khabarhub

‘ग्लोबल साउथ’ कूटनीतिक शब्द मात्र होइन : प्रधानमन्त्री मोदी


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जोहन्नेसबर्ग- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ग्लोबल साउथ’ एक कूटनीतिक शब्द मात्र नभएर उपनिवेशवाद र रङ्गभेदविरुद्ध यी देशहरूको साझा इतिहासको प्रतिनिधित्व गर्ने आन्दोलन भएको बताएका छन् ।

दक्षिण अफ्रिकी राजधानीमा आयोजित ‘ब्रिक्स–अफ्रिका आउटरिच एण्ड ब्रिक्स प्लस डायलग’लाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ब्रिक्स राष्ट्र र शिखर सम्मेलनमा उपस्थित सबै मित्रराष्ट्रले बहुध्रुवीय विश्वको सुदृढीकरणमा योगदान गर्न सक्ने बताए ।

“अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका नेताहरूसँग विचार आदानप्रदान गर्ने अवसर दिनुभएकोमा म दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाप्रति आभारी छु । पछिल्लो दुई दिनमा हामीले ग्लोबल साउथका देशहरूको प्राथमिकता र चासोमा ध्यान केन्द्रित गरेका छौं ।’’ उनले भने, “उहाँहरूलाई महत्व दिनु अहिलेको पुस्ताको आवश्यकता हो भन्ने हाम्रो मान्यता हो ।”

“हामीले ब्रिक्सको विस्तारमा पनि निर्णय गरेका छौं । हामी सबै नयाँ साझेदार देशहरूलाई स्वागत गर्दछौं । यो विश्वव्यापी संस्था र मञ्चलाई प्रतिस्पर्धी बनाउने दिशामा अर्को कदम हो ।” प्रधानमन्त्री मोदीले भने ।

प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकी भूमिमा महात्मा गान्धीले भारतको स्वतन्त्रता सङ्ग्राममा प्रयोग गरिएको अहिंसा र शान्तिपूर्ण प्रतिरोधको अवधारणाको विकास, परीक्षण गरेको स्मरण गरे ।

ब्रिक्स र आज उपस्थित सबै मित्र राष्ट्रहरूले बहुध्रुवीय विश्वलाई बलियो बनाउन योगदान दिन सक्ने उनले बताए ।

प्रधानमन्त्री मोदीले अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स युएईका नेता तथा जनतालाई ब्रिक्सको पूर्ण सदस्यताका लागि बधाई दिँदै सङ्गठन विस्तारमा भारतले सदैव समर्थन गरेको बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १२ : २१ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५