एक महिनाको मात्र औषधि वितरण गरिँदा अस्पतालमा भीड « Khabarhub

एक महिनाको मात्र औषधि वितरण गरिँदा अस्पतालमा भीड


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

चितवन– स्वास्थ्य बीमामा आवद्ध बिरामीलाई एक महिनाको मात्रै औषधि वितरण गरिँदा भरतपुर अस्पतालमा भीड बढेको छ । 

केही महिनाअघिसम्म दीर्घरोगीका लागि दुई महिनासम्मको औषधि एकैपटक वितरण गरिँदै आएकोमा पछिल्लो समय एक महिनाको मात्रै औषधि प्रदान गर्न लागिएको हो ।

एक महिनाका लागि मात्रै औषधि दिँदा टाढा–टाढाका बिरामीले झमेला व्यहोर्नु परेको छ । बहिरङ्गको टिकट लिएर चिकित्सकसँग परीक्षणपश्चात् मात्रै औषधि पाइन्छ । 

दीर्घरोगीहरू आफैँमा समस्यामा हुने र टाढा–टाढाबाट महिनैपिच्छे आउनुपर्ने बाध्यता रहेको छ । यसले अस्पतालको व्यवस्थापनमा समेत समस्या देखापरेको छ ।

पछिल्लो समय अस्पतालमा बिरामीको चाप उच्च छ । गत असोज ४ गते एकैदिन अस्पतालमा दुई हजार नौ सय ४० जना बिरामी आएका थिए । 

तीमध्ये दुई हजार सात सय नौ बिरामीले बहिरङ्ग सेवामा र दुई सय ३१ जनाले आकस्मिक सेवा लिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

माडी नगरपालिका–४ की गोमादेवी चापागाइँ नियमित सेवन गर्ने औषधि लिन अस्पताल आएकी थिइन् । सोमबार बिहान १०ः३० बजेदेखि अस्पतालको फार्मेसीमा लाइनमा बसेकी उनले टोकन लिँदा दुई सय नम्बर पालो आयो । बीमाबाट पाउने औषधि लिनका लागि आएका बिरामीको लाइन लामो लाग्ने गरेको छ ।

मधुमेह, उच्च रक्तचाप र पिसाब रोक्ने औषधि लिन आएकी उनी महिनैपिच्छे आउनुपर्दा समस्या भएको बताउँछिन् ।

भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट नियमित सेवन गर्ने औषधि लिन आएका ६८ वर्षीय अम्बिकाप्रसाद सापकोटा औषधि नियमित लिन आउनुपर्दा झन्झट भएको बताउँछन् । अस्पतालमा आएर परीक्षणपछि नियमित सेवन गर्ने औषधिको समेत लाइन बस्नुपर्ने हुँदा बिरामीको चाप बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

अस्पतालमा आइतबारमात्रै बहिरङ्ग सेवामा दुई हजार चार सय ९४ जनाले सेवा लिएका थिए भने आकस्मिक कक्षमा दुई सय ४५ जनाले सेवा लिएका थिए । 

अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लीलाधर पौडेलले अस्पतालमा आउने आधा बिरामीले नियमित औषधि खाने रहेको बताए ।

अस्पतालमा आउने बहिरङ्ग सेवाका बिरामीमध्ये ७० प्रतिशत बीमाका बिरामी छन् । उनले भने, ‘बीमाका बिरामीलाई तीन महिनाको औषधि दिन सकेमा अस्पतालको भीड धेरै घट्छ ।’ यसले अस्पताल व्यवस्थापन र बिरामीले पाउँदै आएको झन्झट घट्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : ०५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन