ईः अभियानप्रति कांग्रेस नेता महरको ऐक्यबद्धता | Khabarhub Khabarhub

ईः अभियानप्रति कांग्रेस नेता महरको ऐक्यबद्धता


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जवाफदेहिताको माग गर्दै आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

सहरका गरिब र सडक व्यवसायीको समस्या समाधान गर्न माग गर्दै १९९ घण्टादेखि लगातार राष्ट्रिय सभागृहबाहिर निरन्तर उभिइरहेका ईःको अभियानमा साथ दिन युवा नेता महर राष्ट्रिय सभागृह पुगेका हुन् ।

अभियान्ता ईःसँग भेट्दै नेता महरले फुटपाथमा रोजी–रोटीका लागि व्यापार गरिरहेका मानिसको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेको मुख्य सवाल रहेकाले यसमा स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए ।

उनले आफूआबद्ध पार्टी कांग्रेसले पनि गम्भीरतापूर्वक फुटपाथ व्यवसायीको व्यवस्थापनका लागि पहलकदमी लिने बताए ।

ईःलाई भेटेर उनको माग सम्बोधन गराउन दबाब सिर्जना गर्न अहिले विभिन्न दलका नेता–कार्यकर्तादेखि अभियानकर्मीहरू राष्ट्रियसभागृह पुग्ने क्रम जारी छ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ४ : ५४ बजे

फेवातालबारे सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति

पोखरा- फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४

जमानतदातालाई कालोसूचीमा राख्नुअघि ९० दिनको म्याद दिनुपर्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा

खेलकुद क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री शाह

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले खेलकुदको विकासमा प्राथमिकता

युद्धविरामको समयावधि बढाउन इजरायल र हमासबीच वार्ता

जेरुसलेम- यसअघिको युद्धविराम सम्झौताको समयसीमा सकिनै लाग्दा इजरायल र हमासले

४ महिनामा ८ करोड ५४ लाख राजस्व संकलन 

दोलखा- करदाता सेवा कार्यालय चरिकोटले चालु आर्थिक वर्षको साउन देखी