ईःको समर्थनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको ऐक्यबद्धता « Khabarhub

ईःको समर्थनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको ऐक्यबद्धता


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं महानगरसँग जवाफदेहीताको माग गर्दै विगत आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईःको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ऐक्यबद्धता जनाएका छन् ।

सडक र फुटपाथमा व्यवसाय गर्नेलाई उचित व्यवस्थापन नगरी हटाएको भन्दै सामाजिक अभियन्ता ईःले राष्ट्रिय सभागृहको गेटअघि उभिएर विरोध जनाइरहेका छन् ।

सभागृहअघि उभिरहेका ईः भएको स्थानमा पुगेर अध्यक्ष थापा केहीबेर सँगै उभिएका थिए । थापाले “मलाई बालेन मनपर्छ, मलाई ई: मनपर्छ । ई: ले उठाएका मुद्दा जायज छन् । सडक, फुटपाथमा जथाभावी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ।यो राज्यको कर्तव्य हो।यो काममा महानगरपालिकाले सहजिकरण गर्नुपर्छ ।” भन्ने प्लेकार्ड छातिमा टाँसेका थिए ।

थापासँगै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, सहायक महामन्त्री ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मतजङ्ग भण्डारी ,किसान संगठनका महासचिव जनक फडेरा लगायत उपस्तिथ रहेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : ४१ बजे

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं– आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने