बझाङको तल्कोटमा आगलागी हुँदा पाँच पसल जलेर नष्ट | Khabarhub Khabarhub

बझाङको तल्कोटमा आगलागी हुँदा पाँच पसल जलेर नष्ट


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङको तल्कोट गाउँपालिका–५ खौला बजारमा आगलागी हुँदा पाँच पसल जलेर नष्ट भएका छन् ।

आज स्थानीय उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्यास पड्केर आगो लाग्दा पाँच पसल जलेर नष्ट भएका हुन् । तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकायाका अनुसार दिउँसो लागेको आगलागी करिब डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो ।

आगलागीबाट दुई वटा पक्की घरमा व्यवसाय गरिरहेका पाँच व्यवसायीका पसलहरू सामानसहित जलेका छन् । स्थानीय पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हाते होजीयारी, मीनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसल नष्ट भएको गाउँपालिका अध्यक्ष रोकायाले बताए । उनका अनुसार आगलागीबाट करोडभन्दा बढीको नोक्सान भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ८ : ४४ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं- नेपाली बजारमा  सोमबार सुनकाे मूल्य बढेकाे छ ।  नेपाल

कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्रीले विश्वासको मत माग्न पाएनन्

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको नाराबाजी

काठमाडौं- प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु

प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसद अवरोध नहोस् : सभामुख

काठमाडौं– सभामुख देवराज घिमिरेले संसद अवरोध नगर्न विपक्षी दलहरुलाई अनुरोध