बझाङको तल्कोटमा आगलागी हुँदा पाँच पसल जलेर नष्ट « Khabarhub

बझाङको तल्कोटमा आगलागी हुँदा पाँच पसल जलेर नष्ट


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङको तल्कोट गाउँपालिका–५ खौला बजारमा आगलागी हुँदा पाँच पसल जलेर नष्ट भएका छन् ।

आज स्थानीय उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्यास पड्केर आगो लाग्दा पाँच पसल जलेर नष्ट भएका हुन् । तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकायाका अनुसार दिउँसो लागेको आगलागी करिब डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो ।

आगलागीबाट दुई वटा पक्की घरमा व्यवसाय गरिरहेका पाँच व्यवसायीका पसलहरू सामानसहित जलेका छन् । स्थानीय पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हाते होजीयारी, मीनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसल नष्ट भएको गाउँपालिका अध्यक्ष रोकायाले बताए । उनका अनुसार आगलागीबाट करोडभन्दा बढीको नोक्सान भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ८ : ४४ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा