विश्वकप क्रिकेटमा आफ्नै रेकर्ड तोड्दै अस्ट्रेलिया « Khabarhub

विश्वकप क्रिकेटमा आफ्नै रेकर्ड तोड्दै अस्ट्रेलिया

म्याक्सवेलले बनाए विश्वकप क्रिकेटमा थोरै बलमा शतक बनाउने नयाँ र्कीतिमान


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया पाँच पटकको विश्व क्रिकेटको विजेता हो। भारतमा जारी विश्वकप क्रिकेटका सुरुवाती दुई खेलमा नराम्रो हार खाएको अष्ट्रेलियाले बुधबारको खेलमा आफ्नो वस्तविक रुप देखाएको छ। दुई खेलको हारपछि धेरैले पुरानो रिक्की पोन्टीङ नेतृत्वको युगलाई सम्झँदै चुक चुकाउनुको विकल्प नै थिएन।

जारी विश्वकपमा लगातार दुई खेलको हारको शृङ्खला आफैमा दुखदसमेत थियो। सन् २०१९ को विश्वकपमा समेत अस्ट्रेलिया अन्तिम दुई खेलमा पराजित भएको थियो। यस पटकको विश्वकपमा पनि अस्ट्रेलिया सुरुवाती दुई खेलमा फराकिलो अन्तरले पराजित भएको थियो।

पहिलो खेलमा भारतसँग हारेको अस्ट्रेलिया दोस्रो खेलमा दक्षिण अफ्रिकासँग सोही ढङ्गले हारेको थियो। यस पछिका तीन खेलमा अस्ट्रेलिया फेरि पुरानै लयमा फर्किएको छ।

बुधबारको खेलले च्याम्पियनकै शैलीमा अस्ट्रेलियाको उदय भएको छ। बुधबार भएको खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३ सय ९ रनले हराएको छ।

ग्लेन म्याक्सवेलले ४० बलमा शतक प्रहार गरेपछि अस्ट्रेलियाले ३ सय ९९ रनको विशाल योगफल खडा गरेको थियो। म्याक्सवेलले ४४ बलको सामना गर्दै १ सय ६ रनको पारी खेले।

यो मैदानमा १८ दिन अघि श्रीलंकासँगको खेलमा दक्षिण अफ्रिकाका आइडन मकरामले ४९ बलमा शतक प्रहार गर्दै कीर्तिमान कायम गरेका थिए। त्यो कीर्तिमानलाई तोड्दै म्याक्सवेलले विश्वकप क्रिकेटमा थोरै बलमा शतक बनाउने नयाँ र्कीतिमान बनाएका छन्।

पहिलो खेलमा पाकिस्तानसँग सनसनीपूर्ण प्रदर्शन गरेका नेदरल्यान्ड्सका बास डे लीड पुरुष एक दिवसीय क्रिकेटमै सबैभन्दा महंगो बलरको खराब कीर्तिमान कायम गर्न पुगेका छन्। उनले दुई विकेट लिए। तर, उनले १ सय १५ रन खर्चिए। यस मध्य अन्तिम दुई ओभरको ४३ रन पनि समावेश थियो। अन्तिम ओभरका म्याक्सवेलले उनलाई २८ रन प्रहार गरेका थिए।

म्याक्सवेलको कीर्तिमानसहित विश्वकपमा सबै भन्दा छिटो शतक बनाउने पाँच ब्याट्सम्यानको कीर्तिमानमा म्याक्सवेलका दुई पारी समावेश छन्।

आयरल्यान्डका केभिन ओ ब्रायनले सन् २०११ को विश्वकपमा इंग्ल्यान्डविरुद्धको खेलमा ५० बलमा शतक प्रहार गरेका थिए। यसैगरी, सन् २०१५ मा श्रीलंकाविरुद्धको खेलमा म्याक्सवेलले नै ५१ बलमा शतक प्रहार गरेका थिए। सोही विश्वकपमा दक्षिण अफ्रिकाका एबी डी भिलियर्सले वेस्ट इन्डिजविरुद्धको खेलमा ५२ बलमा शतक प्रहार गरेका थिए।

म्याक्सवेलले यो शतक तेस्रो विश्वकप शतक हो भने नेदरल्यान्ड्स विरुद्धको दोस्रो हो। ९३ बलमा १ सय ४ रन प्रहार गरेका डेभिड वार्नर भने २२ औं एक दिवसीय शतक प्रहार गर्न सफल भए।

विश्वकप क्रिकेटमा सबै भन्दा धेरै अन्तरको जित हात पार्ने अस्ट्रेलियाको कीर्तिमान भने लामो समय कायम रहन सक्छ। सन् २०१५ मा अफगानिस्तानमाथि हात पारेको २ सय ७५ रनको जितको आफ्नै कीर्तिमानलाई अस्ट्रेलियाले भङ्ग गरेको हो।

भारतले सन् २००७ को विश्वकपमा बर्मुडालाई २ सय ५७ रनले हराएको थियो। सन् २०१५ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई २ सय ५७ रनले नै हराएको थियो।

सन् २००३ मा अस्ट्रेलियाले नामीबीयालाई २ सय ५६ रनले पराजित गरेको थियो। बिहीबार इङ्गल्यान्ड र श्रीलङ्काले खेल्ने छन्। सो खेलको समाप्तिसँगै सबै टोलीको पाँच चरणका खेल सकिने छन्।

नेदरल्यान्ड्ससँगको जित पछि सुपर चारको समीकरणमा अस्ट्रेलियाको स्थान अझ बलियो भएको छ। अस्ट्रेलियाले शीर्ष पाँचमा रहेको न्युजील्यान्ड बाहेक अन्य सबै टोलीसँग खेली सकेको छ।

अस्ट्रेलियाले दुई दिनपछि नै न्युजील्यान्डको सामना गर्ने छ। एक दिन अघि दक्षिण अफ्रिकाले पाकिस्तानको सामना गर्नेछ। यी दुई खेल पछि सेमिफाइनल समीकरणको धेरै अनुमान गर्ने आधार तयार हुन् छन्।

बुधबारको खेलसँगै अस्ट्रेलियाका एडम जाम्पा १३ विकेट लिएर सबै भन्दा अगाडी बढेका छन्। न्युजील्यान्डका स्पिनर माइकल सान्टनरले १२ विकेट लिएका छन्। भारतका जसप्रित बुमराहले ११ विकेट लिएका छन्।

सबै भन्दा इकोनोमीक बलर भारतका रविचन्द्र आश्विन रहेका छन्। उनको इकोनोमी ३ दशमलव ४० तथा बुमराको ३ दशमलव ८१ र भारतकै रवीन्द्र जडेजाको ३ दशमलव ९७ छ।

सबै भन्दा धेरै रन प्रहार गर्ने ब्याट्सम्यानमा दक्षिण अफ्रिकाका क्वीन्टन डी कक छन्। उनले ४ सय ७ रन प्रहार गरेका छन्। भारतका विराट कोहलीले ३ सय ५४ तथा अस्ट्रेलियाका डेभिड वार्नरले ३ सय ३२ रन प्रहार गरेका थिए।

त्यसो त यस विश्वकपमा अन्य भन्दा भारत विशेष टोली हो। घरेलु भूमि भएका कारण मात्र यस टोलीको बलिङ आक्रमण विशेष छ। संसारकै उत्कृष्ट ब्याट्सम्यानको कोटीमा रहेका शुभमन गील फेरि टोलीमा फर्किएका छन्। रोहित शर्मा र विराट कोहलीको प्रदर्शन उत्तिकै प्रशंसायोग्य छ।

यसको मतलब यो होइन कि अन्य टोली प्रतिस्पर्धा गर्न नै लायक छैनन्। भारत, न्युजील्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकालाई नै सेमिफाइनलको मुख्य दाबेदार मानिएको छ। तथापि अझ चार खेल बाँकी रहेको समयमा सबै निश्चित त होइन तथापि यस प्रतियोगितामा अस्ट्रेलियाको शानदार पुनरामगनले सबैलाई झस्काएको भने साँचो हो।

सन् १९९९ देखि २००७ सम्म लगातार तीन पटक विश्वकप जितेको पोन्टीङ युगलाई पछिल्ला तीन खेल पछि धेरैले सम्झन थालेका छन्।
स्रोतः क्रिकइन्फो

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ८ : ३४ बजे

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा