इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान « Khabarhub

इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आज अष्ट्रिया प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा यही मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशम्शेर जबरा र प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीसमेत त्यसतर्फ प्रस्थान गरेका छन् । इन्टरपोलको १०० औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी भएका हुन् ।

इन्टरपोलका सबै एक सय ९५ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण विषयमा मतदानद्वारा निर्णय गरिने प्रावधानअनुसार नेपालले पनि उक्त मतदानमा भाग लिनेछ । साथै प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधिमण्डल तथा इन्टरपोलका अध्यक्ष–महासचिवबीच शिष्टाचार भेटघाट तथा छलफल हुने कार्यक्रमसमेत रहेको छ ।

यसैगरी इन्टरपोलको ग्लोबल आउटरिच र क्षेत्रीय समर्थन (जीओआरएस) का प्रतिनिधि तथा मित्रराष्ट्र भारत, चीन र युएईका प्रतिनिधिसँग समेत विविध विषयमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी महानिरीक्षक कुँवरसहितको टोलीलाई आज बिहान प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित बिदाइ गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ११ : ५० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००