ग्रिसमा १४ जना सवार मालवाहक पानीजहाज डुब्यो | Khabarhub Khabarhub

ग्रिसमा १४ जना सवार मालवाहक पानीजहाज डुब्यो


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

एथेन्स- १४ जना सवार पानीजहाज ग्रिसको समुद्रमा डुबेको छ । कोमोरोसको ध्वजाङ्कित मालवाहक पानीजहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन् । एर्ट सरकारी टेलिभिजनले नौसेनाको एउटा हेलिकप्टरले चालक दलका एक सदस्यलाई उठाएको बताएको छ ।

पाँच मालवाहक जहाज, तीन तटरक्षक जहाज, हवाई सेना र नौसेनाका हेलिकप्टरका साथै नौसेनाको एउटा फ्रिगेट उद्धार कार्यमा सहभागी भएका छन् । सरकारी एथेन्स समाचार एजेन्सी (एएनए) का अनुसार मालवाहक जहाजमा चालक दलका १४ सदस्य थिए र जहाज नुनले भरिएको थियो । तटरक्षक बललाई उद्धृत गर्दै एएनएले आइतबार बिहान जहाज लेस्बोसको दक्षिण–पश्चिममा समुद्रमुनि आठ दशमलव तीन किलोमिटर तल गएको बताएको छ ।

उक्त जहाज इजिप्टको देखेइलाबाट इस्तानबुलतर्फ प्रस्थान गरेको थियो । चालक दलका सदस्यहरूमा दुई सिरियाली, चार भारतीय र आठ इजिप्टेली रहेको एएनएले बताएको छ । शनिबार ग्रिसका कयौँ भागमा जहाज बन्दरगाहमा थिए र हावाको गति नौदेखि १० थियो जुन ब्युफोर्ट स्केलमा आँधीबेहरी शक्तिका लागि ठूलो आँधी हो । ओलिभर आँधी एड्रियाटिक सागरबाट ग्रिसतर्फ बढेका कारण हेलेनिक राष्ट्रिय मौसम विज्ञान सेवा (ईएमवाई) ले आपत्कालीन मौसम चेतावनीलाई शनिबार ‘खराब मौसम’ बाट ‘खतरनाक मौसम घटना’ मा अपग्रेड गरेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ५ : ३६ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले