कोशीमा आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित « Khabarhub

कोशीमा आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशको बैठकले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित गरेको छ ।

भोलिदेखि विनिनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०-८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केहि रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक’ माथि छलफल सुरु हुनेछ ।

हिक्मतकुमार कार्की नेतृत्वको अघिल्लो सरकारले गत भदौ २३ गते ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि वर्तमान केदार कार्की नेतृत्वको सरकारल हिजो प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गरेको थियो ।

प्रदेशसभाको बैठकले आर्थिक अध्यादेश प्रतिस्थापन गर्न बनेको कोशी प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० पारित गरेको हो । उक्त विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।

विधेयकमाथि आज प्रदेश सांसदहरु गोम्बु शेर्पा, सपना दर्जी, किशोरचन्द्र दुलाल, विदुरकुमार लिङ्थेप, राजन किराँती, विनोद राई, डोल्मा तामाङ, छवि चुँडाल र रामप्रसाद महतोले आफ्नो धारणा राखेका थिए ।

मुख्यमन्त्री कार्कीले ३६ अर्ब ७४ करोड ३५ लाखको बजेट अनुमान गर्दै बजेट प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेका थिए । अघिल्लो सरकारले ल्याएको अध्यादेशभन्दा ५० करोड रुपैयाँ थप गरेर नयाँ विधेयक तयार गरिएको हो ।

 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : २३ बजे

इङ्गल्यान्डसँग भारत ४ विकेटले पराजित

काठमाडौँ – जेकब बेथेलको उत्कृष्ट ब्याटिङ र साम करनको घातक

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु