अनलाईन मार्फत ठगी गरेको आरोपमा एक युवती पक्राउ « Khabarhub

अनलाईन मार्फत ठगी गरेको आरोपमा एक युवती पक्राउ


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका घर भएर ललितपुर बस्ने सुजता चौधरी छिन् । २७ वर्षीय चौधरीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ ।

विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर सुजताले आईफोन, घडी र सुनका गहना जस्ता उपहार पठाएको छु भन्दै उनले ठगी गर्ने गरेको प्रहरीले बताएको छ। कुरियरमार्फत सामान पठाएको बहाना बनाएर चौधरीले एयरपोर्टमा सामान आइपुगेको भन्दै ‘कस्टम चार्ज’ र ‘डेलिभरी चार्ज’ मागेर ठगी गर्ने गरेकी थिइन् ।

उनले १ लाख ३५ हजार ठगेको उजुरी प्रहरीमा परेको छ । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाईएको उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : ०३ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६